डिजिटल पेमेन्ट कम्पनी पेटिएम चलाउने फिनटेक स्टार्टअप कम्पनी वन९७ कम्युनिकेसन्स लि.को आइपिओको लिस्टिङ भएको छ ।
लिस्टिङ कार्यक्रममा यसका संस्थापक तथा सीइओ विजय शेखर शर्मा भावुक भए । उनका आँखाबाट आँसु आए । कम्पनीलाई यो उचाइसम्म पुर्याउने विजय शेखर वर्माको संघर्ष र सफलता धेरैको लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
विजय शेखर शर्माको अहिलेको कूल सम्पत्ति २.४ अर्ब डलर छ । उनले आफ्नो उमेर २७ वर्ष हुँदा महिनामा १० हजार रुपैयाँ कमाउँथे । यसकारण उनले बिहे गर्नको लागि केटी समेत पाएका थिएनन् ।
२०१७ मा डिजिटल भुक्तानी फर्म पेटिएमको स्थापना गरेका शर्माले रोयटर्स सँग कुरा गर्दै भने ‘२००४–०५ मा मेरा पिताले मलाई आफ्नो कम्प`नी बन्द गरेर ३० हजार रुपैयाँ तल|बमा जागिर गर्न भन्नुभयो ।’
शर्मा प्रशिक्षित इन्जिनियर थिए तर त्यतिबेला उनले एउटा सानो कम्पनीको माध्यमबाट मोबा`इलका सामग्री बेच्थे । शर्माले भने ‘मैले महिनामा करिब १० हजार रुपैयाँ मात्रै कमाउँछु भन्ने थाहा पाएपछि सम्भा`वित बेहुलीका परिवारले हामी`लाई कहिल्यै पनि फेरि फोन गर्दैनथे । म एक अयोग्य कुमार बनें ।’ अहिले भने शर्मा विवाहित छन् र उनका एक छोरा पनि छन् ।
४३ वर्षका विजयले गत हप्ता पेटिएमको २.५ अर्ब डलरको आइपिओको नेतृत्व गरे । उनको फिन€टेक फर्म अहिले आधु`निक भारतको पहिचान बनेको छ ।
।भारतको सबैभन्दा धेरै जन`संख्या भएको उत्तर प्रदे`शको सानो सहरमा शिक्षक पिता र गृहिणी आमाको छोरा भएर जन्मेका विजय २०१७ मा भारतका सबैभ€न्दा कान्छा अर्ब`पति बनेका थिए ।
उनी अहिले पनि सडक`छेउको ठेलामा चिया पिउन मन पराउँछन् । बिहान दुध लिन`को लागि आफै मर्निङ वाकमा निस्कि`न्छन् । २०१५ मा चीनको एन्ट ग्रुपले पहिलो`पटक पेटिएममा लगानी गरेको थियो ।
त्यो समय सम्झिँ`दै उनले भने ‘लामो समय`सम्म मेरा माता`पितालाई थाहा थिएन कि छोराले के गरिरहेको छ । एक पटक मेरी आमाले अख`बारमा मेरो नेट`वर्थबारे पढेपछि मसँग सोध्नु`भएको थियो – विजे के तँसँग साँच्चै यति धेरै पैसा छ ?’
प्रतिकृया दिनुहोस्