November 30, 2021 2777
रमेश प्रसाई लाई पुत्री लाभ भएको छ । आज बिहान ७ :३० मा नन्दाले अस्पतालमा छोरी लाई जन्म दिएकी हुन् । उनलाई भेट्न पत्रकार तथा केही कलाकार पुगेका छन् ।
राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेशले गाएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल छ । साथै उनी लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौँमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।
पछिल्लो समय ग्यालेक्सी4के टिभीमा लाल मोहर नामक टक शो चलाइरहेका रमेश प्रसाई सञ्चार कर्ममा व्यस्त छन् ।
प्रतिकृया दिनुहोस्