Friday, June 9

भिडभाड बाटोमा नाच्दै टिकटक बनाउँदै गरेकी यी युवतीलाई पर्यो यस्तो फसाद (भिडियो सहित)

December 3, 2021 7525

सुवास टिकटकमार्फत् अङ्ग्रे`जी भाषा सिकाउँछन्। कहिलेकाहीँ मनोरञ्जनात्मक भिडिओ पनि बनाउने उनका लागि टिकटक आफ्नो व्यवसाय प्रचार गर्ने सशक्त माध्यम बनेको छ।

उनले कोरोना`भाइरसको महा`मारी चलिरहेको बेला एउटा शैक्षिक परामर्श केन्द्र खोले। छ महिनाअघि सुरु भएको उक्त परामर्श केन्द्रको टि`कटक खातालाई हाल दुई लाख ७० हजार जनाभन्दा बढीले पच्छ्याएका छन् भने त्यस खातामा भएका भिडिओ ४४ लाख प्रयोगकर्ताले मन पराएका छन्।

“ब्रिटिश काउन्सिल, चर्चित प्रेरणात्मक वक्ताहरूलाई समेत टिक`टकमा सक्रिय देखेपछि- यस माध्यमको कुशल प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो,” सुवास टिकटक प्रयोग गर्नुको कारण`बारे सुनाउँछन्।

सुरुमा उनले ‘कसरी असल अभिभावक बन्ने?’ भन्ने विषयमा आफ्नो अनुभव र विचार भएका सामग्री दिन थाले। एकदुईवटा भिडिओमा आएको सकारात्मक प्रतिक्रियाले उनी उत्साहित भए। गुणस्त`रीय सामग्रीप्रति मानिसको चासो देखेपछि उनले अङ्ग्रेजी भाषासम्बन्धी आफ्नो ज्ञानलाई नै विभिन्न तरिकाले प्रस्तुत गर्न थालेका हुन्।

“अङ्ग्रेजी पढ्न र सिक्न चाहनेहरूको समूह बनेको छ। हालसालै खोलेको भए पनि हाम्रो कन्सल्टेन्सी खोजीखोजी आउनेहरू हुनुहुन्छ। टिकटककै कारण सिङ्गापुरका प्रहरीदेखि अस्ट्रेलियामा रहेका विद्यार्थीहरू मसँग जोडिएका छन्। उहाँहरूका लागि अन`लाइन कक्षा सञ्चालन गर्छु,” उनले एपका कारण भएका फाइदाहरू`बारे बताए।

सुवासकी श्रीमती अञ्जना केसी टिकटकमा चर्चित नाम हो। गत साता टिकटकमा २० लाख लाइक पुगेपछि उनले केक काटेर खुसी मनाइन्।तर टिकटकमा चर्चित यी दम्पतीले भिडिओ साझा गर्ने उक्त माध्यममा राम्रो अनुभव मात्र सँगालेका छैनन्। केही मानिस त व्यक्तिगत गालीगलौज गर्न थाल्छन्। अभिनय गर्ने अञ्जना र अङ्ग्रेजी सिकाउने सुवासको व्यक्तित्व, क्षमता आदिबारे तुलना गर्छन्, गिज्याउँछन् पनि।

“त्यहाँ एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन्छ। मानिस`हरू गाली गर्नकै लागि, नैतिक उत्पीडन दिन नक्कली अकाउन्ट बनाएर प्रतिक्रिया दिइरहेका हुन्छन्,” सुवासले भने,”त्यस्ता प्रतिक्रियाले कति र कस्तो असर गर्छ भन्ने चाहिँ मानिसको सहने क्षमतामा भर पर्छ।”

सार्व`जनिक वृत्तमा हरेक खाल`का मानिसको पहुँच हुने भएकाले कस्ता सोच र प्रवृत्तिको मतलब गर्ने र कस्तालाई बेवा`स्ता गर्ने भन्ने विषय ध्यान दिनुपर्ने उनको कथन छ।

तर आजकाल मानिस हरु हरेक ठाउँमा टिक टक बनाउने होडबाजी गर्न थालेका छन् । जहाँ पायो त्यही टिक टक बनाउँदा पर्ने असर कस्ता हुन्छन हेरौँ यो रमाइलो भिडियो…

प्रतिकृया दिनुहोस्