भारतको उत्तर प्रदेशमा बेहुलीलाई मण्डपमै छोडेर जन्ती`सहित बेहुला भागेपछि हंगामा भएको छ ।
उत्तर प्रदेशको कन्नोजमा अवस्थित सिकन्दरपु€रको जगतपुर गाउँमा बुधवार राति यस्तो घटना भएको हो । जन्ती`सहित बेहुलीको घरमा पुगेको बेहुला पक्ष जन्तीस`हित फर्किएका हुन् ।
बेहुलाका आफन्तहरुले बेहुलीमा भूतको आत्म चढेको आ`रोप लगा`एका छन् । तर बेहुली पक्षले भने दाइ`जोको कुरा नमिलेपछि दुलाह पक्ष फर्किएको दाबी गरेको छ । बेहुली नलिइ जन्तीसहित बेहुला पक्ष फर्किएप`छि बेहुलीका बाबुले प्रह`रीमा उजु`री दिएका छन् ।
बेहुली शिवानीका बाबुले दाइ`जोका सम्बन्धमा पहिले नै सहमति भए पनि विवाहको दिन फेरि थप दाइजो मागेको दाबी गरे । अतिरिक्त दाइजो दिन नसकिने बताएपछि बेहुला पक्ष फर्किए`को उनले बताए ।
उनका अनु`सार दाइजोमा टिभी,फ्रिज,कुलर,दराज,बाइक र पलंग आदि व्यवस्था गरिएको थियो । तर विवाह`को दिन बेहुला पक्षले अतिरिक्त ५० हजार रुपैयाँ नगद समेत मागेको उनले बताए ।
प्रहरी`ले यसबारेमा अनुस`न्धान गरिरहेको समाचार`मा जनाइएको छ ।जनता समाचार बाट
प्रतिकृया दिनुहोस्