नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो।
दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएको खबर रातोपाटीमा छ ।
ओमी`क्रोन भेरियन्ट नियन्त्रण गर्न नेपालमा लगाइएको खो`प कत्तिकाे प्रभावकारी छ ?
कोभिडको जो`खिम रहेको समयमा खो`प लगाउने कार्य पनि अघि बढिरहेको छ । नेपाल लगायत संसारभर खो`प अभियान सुरुवात भएपछि मृ`त्युदरमासमेत कमी आएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा खोप कार्यक्रमले तीव्रता पाएपछि मृ`त्युदरमा कमी आएको छ । काेभि`डकाे जाे`खिम कम भएसँगै मानिसहरूकाे आवागमन र आर्थिक गति`विधि विस्तार हुन थालेकाे थियाे ।
को`भिडको दोस्रो लहरको सुरुवातीमा दैनिक करिब दुई सय मानिसको मृ त्यु भएको थियो । अहिले भने मृ त्युदरमा कमी आएको छ । अहिले पनि दैनिक तीन सय संक्र`मित थपिने गरेका छन् ।
खो`पकै कारण मानिसको जनजीवन सामान्य गइरहेको समयमा ओमीक्रोनले के र कसो गर्ला भनी सर्व`साधारणमा सन्त्रास फैलाएको छ । अहिले देखिएको ओमी`क्रोनले जनजीवनलाई कतिको प्रभाव पार्छ त ? खो`प लगाएकालाई ओमीक्रोनको कस्तो असर गर्छ ?
अफ्रिका लगायत विभिन्न मुलुकमा देखिएको ओमीक्रोनले सबैलाई प्रभावित पार्न सक्ने भाइरो`लोजिष्ट डा.लुना भट्ट बताउँछिन् । कोभिडको नयाँ परिवर्तित भरियन्टले भाइरसलाई मानिसको जनजीवनलाई अ`सर गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार मुख्यगरी जहाँ-जहाँ ओमीक्रोनदेखिएका छन् त्यस्ता मुलुकबाट नेपाल प्रवेश गर्न सक्छन् । पछिल्लो समय मानिसहरूको गति`विधि बढदै गएकाले यसको प्रभाव पर्न सक्ने भट्टले औंल्याइन् ।
विभिन्न मुलुकले भेरियन्ट`को स्वरुप अनुसार खो`पको निर्माण गर्न थालिसकेको भट्टले जानकारी दिइन् । ‘नयाँ भेरि`यन्ट देखा पर्दा र भाइरसको स्वरुप`अनुसार खोप निर्माण नहुँदा खोपले काम नगर्न पनि सक्छ,’ उनले भनिन्,’ नेपालमा लगाइरहेको खो`पले काम पनि नगर्न सक्छ ।’
समयमा सचेत`ता अपनाउन सकिएन भने पुनः संक्रम`ण फैलन सक्ने भट्टले चेतावनी दिइन् । जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । सामाजिक दूरी पालना र मास्कको अनि`वार्य प्रयोग हुनुपर्छ ।
हालसालै संसारभर प्रचलनमा आएका केही खोपहरू पहिले देखिएका भाइरसका लागि निर्माण गरिएको हुनाले ओमिक्रोन`लाई काम गर्न नसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राज`भण्डारीले बताए ।
‘निश्चित सममयमा देखिएका भाइ`रसका लागि खोप निर्माण गरिएकाले थप देखा परेका भाइरसका लागि खोप प्रभावकारी नहुन पनि सक्छ,’ उनले भने । अरुबेला पनि यस्तो भाइ`रस देखा पर्ने गरेकाले यसले स्वरुप परिवर्तन गरिरहने उनको भनाइ छ ।
‘विदेशबाट आएका मानिसलाई क्वारेन्टीनमा राख्नुपर्छ,’ उनी भन्छन,’ ट्रान्जिट मुलुक भएर आउनेलाई अझ बढी निगरानीमा राख्नुपर्छ ।’ कोभिडबाट सुरक्षित रहन मुख्य`गरी सामाजिक दूरी कायम गरी खोप लगाउने कार्यलाई तिव्रता दिन उनले आग्रह गरे ।
सरकारसँग सबै नागरिक`लाई उनले बुष्टर डोज लगाउन डा. राजभण्डारीले आग्रह गरे । नयाँ भेरियन्टलाई लक्षि`त गरी खो`पलाई तीव्रता दिन उनले सुझाव दिए ।
खो`पविज्ञ डा. जीवनबहादुर शेरचनका अनुसार नयाँ भेरियन्ट आउदा लगाएको खो`पले काम गर्न नसक्छ । भेरियन्ट शरीर`मा समायोजन हुन नसक्दा प्रभाव पार्न नसक्ने हुन्छ । स्वरूप फेरिएर आएका हुनाले पनि यसको प्रभावकारीता नहुन सक्छ ।
अहिले लगाइरहेको खोपले नयाँ भेरियन्ट`लाई काम गर्न सक्नेगरी नबनाएको हुन सक्ने उनले बताए । खो`प लगाएका संक्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने उनको भनाइ छ ।
अफ्रिका लगायतका मुलुकबाट हुने चार्टर्ड लगायत उडान तथा विभिन्न ट्रान्जिट भएर आउने यात्रुलाई प्रतिबन्ध गर्न शेरचनले सुझाव दिए । केही समयलाई स्थगित गरी विदेशबाट आएका मानिसलाई क्वारेन्टीन गर्नुपर्ने उनले अडान राखे ।
यसलाई नियन्त्रण गर्नलाई मुख्य गरी स्वास्थ्यको मापदण्ड अपनाउन उनले सुझाव दिए । नेपालमा ओमीक्रोन भाइ`रस फैलिएमा बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन सक्ने उनले प्रस्ट पारे । ईकागज बाट
प्रतिकृया दिनुहोस्