Friday, January 21

दुबई घुम्न निस्केका एकै समूहका ७६ जनालाई मध्यरातमा एयरपोर्टबाट फर्काइयो घर

December 7, 2021 183

नेपालमा पनि कोरोनाको नयाँ भे`रियन्ट ‘ओमिक्रन’ फैलिए`को बेला दुबई घुम्न निस्केकाहरु`लाई हिजाे (आइतबार) मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट घर फर्काइएको छ ।

आइत`बार नेपाल वायुसेवा निगमको विमान`बाट भिजिट भिसामा दुबई घुम्न जान लागेका ललितपुरकाे एकै सह`कारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरा`तमा घर फर्काइएको छ ।

अध्यागमन कार्या`लयले शंका`स्पद देखिएपछि उनीहरुलाई मध्यरा`तमा घर फर्काएको जनाएको छ । अध्यागमन कार्यालयका अनुसार जाउला`खेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारी`हरुलाई विमानस्थलबाटै फर्काइएको हो ।

उनीहरु राति साढे ११ बजे दुबईका लागि उड्थिन लागेका थिए । सह`कारीका सबै ४ दिनका लागि दुबई एक्स्पोमा भाग लिन जान लागेको बताइएको छ ।

तर, अध्यागमनका कर्म`चारीले उनीहरुमाथि शंका`स्पद गतिविधि देखिएको भन्दै अध्यागमन कार्यालय`बाट जाँचपास लिइसकेका र नलिएका सबै`लाई फर्काएको छ ।

साथै, आफूहरुको यात्रा रद्द गर्नुपर्ने अवस्था आएर भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनु`पर्ने भन्दै विमानस्थलमै नारा`बाजी गरेका थिए ।

अध्यागमन विभाग महानिर्देशक भट्टराईले भने एकै सहकारीका यति धेरै व्यक्ति विदेश भम्रण जानुपर्ने कारण खुलाई पत्र मागिएको बताएका छन् । उनका अनुसार यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पीसीआर गर्नुपर्ने लगायत काम गर्नु`पर्ने हुन्छ ।

आइतबार घटे`को घट`नाको सोमबार कालिकास्थानस्थित अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उजु`री परेको थियो ।

प्रतिकृया दिनुहोस्