केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जन`गणना २०७८ को प्रारम्भिक नतिजा सार्व`जनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पिया`धुरा र कालापानी क्षेत्रको जन`सङ्ख्या समेट्ने तयारी गरेको छ ।
कात्तिक २५ देखि मङ्सि`र ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो ।
विभागले जनगणना`को प्रारम्भिक नतिजा तीन महिनाभित्र निका`ल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।
स्याटलाइटको माध्यम`बाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघ`रमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपम`हानिर्देश डा। हेमराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार, गणकले मूल गणनाका समयमा सो क्षेत्रमा पुगेर विव|रण सङ्कलन गर्न नसके पनि वैक`ल्पिक विधिबाट जनगणना गर्न लागिएको हो ।
विभागले जन`गणनाका क्रममा कूटनी`तिक रूपमा विभाग र जिल्लाबाट समेत स्थलगत रूपमै जनगणना गर्ने प्रयास गरे पनि सो स्थानमा जान नसकिए`काले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधि प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरिनेछ । विभा`गका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास गर्दै आएका छन् ।
करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा सात\आठ सय जनसङ्ख्या रहेको अनुमान छ ।
चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानी`य लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएका`ले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्क`समेत गर्न सहज हुने रेग्मीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समा`चार छ ।
प्रतिकृया दिनुहोस्