Thursday, December 7

सप्तरीको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कु`टाकुट, अध्यक्षकाे २ ओटा दाँतनै भाँचियाे

December 7, 2021 861

सप्तरीको छिन्नमस्ता गाउँ`पालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कु`टा`कुट भएको छ । ​कु`टाकु`टका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चो`ट लागेको छ ।

आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला वि`वाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्सा`घम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयाे ।

‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफलनै भइरहेको थियो । त्यही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मुक्का`मुक्की नै हुन थाल्यो’, उहाँले भन्नुभयाे, ‘पछि थाहा पाउँदा अध्यक्षज्यूको दुई वटा दाँत नै भाँचि`एछ ।’

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अप`शब्द गरेपछि आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताउनुभयाे ।

‘अध्यक्षज्यूले अप`शब्द प्रयोग गर्न थालेपछि मैले प्रति`वाद गरे र त्यही क्रममा मैले कुर्सी पनि उठाएँ’ उहाँले भन्नुभयाे, ‘तर मलाई थाहा थएन उहाँको दाँत भाँचियो भनेर ।’ आफू अध्यक्ष`भन्दा धेरै टाढा बसेको आफू नजिक आएर गाली`गलाैज गर्दै हा`त`पात गर्न थालेपछि आफूले प्रति`कार गरेकाे उपाध्यक्ष मण्डलकाे भनाइ छ ।

यस घटनाबारे अध्यक्षसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क भएन । जिल्ला प्रह`री कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्सा`घम्सी भएको खबर आएकाे बताउनुभयाे । ‘घटना`पछि उहाँहरू आ–आफ्नो घरतिर लागेकाे भन्ने कुरा जानकारी आयो । यद्यपि उहाँहरूबाट प्रह`रीमा कुनै जानकारी आएकाे छैन ।’ – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्