रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले आ’त्मह’त्या गरेका छन् । ख्याङ्गीदो’को गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आ’त्म ह’त्या गरेका हुन् ।
नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डि’प्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । शनिबार दिउँसो’को खाना खाएर आराम गर्न भन्दै कोठा’मा गएका थिए ।
कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसि’टिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्मह’त्या गरेका छन् ।
कार्यका’ल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिय भने दोस्रो कार्यकाल’को लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए । घरमा एक छोरा र एक छोरी रहे’को र उनि दोस्रो कार्यकाल’को लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडे’का थिए ।
उनले सु’सा’इट नोटमा छोरालाई कोरिया’देखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले अनि ब’चाउन नसकेको लेखेका छन् । सुसा’ईट नोटमा कम्पनी’का सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबै’लाई धन्यबाद दिएका छन् । – फोनिज कोरिया डट कम बाट साभार
प्रतिकृया दिनुहोस्