Thursday, October 21

ग्रह,राशि अनुसार आजको दिन तपाईंको कस्तो रहला? हेर्नुहोस् आज सोमबारको राशिफल

May 4, 2020 1137

मेष : देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पा’दन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुर’को काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला।

बृष : सोखले खर्च बढाए पनि मनपर्ने भौ’तिक साधन जोड्ने समय छ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।

पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्या’पनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

मिथुन : सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रति’फल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ।

तापनि मिहिनेत गर्दा पछिका लागि विशेष का’ममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

कर्कट : पशुपालन तथा कृषि क्षेत्र’बाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।

व्यापारमा सामान्य फाइदा भए पनि प’शुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

सिंह : परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे’मा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ।

कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुप’रे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

कन्या : बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिने’छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनु’होला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्।

तुला : पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहा’रले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ।

दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

बृश्चिक : प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा क’माउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

नयाँ काम प्रारम्भ गर्ने समय छ। पारिवारिक वाताव’रण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

धनु : सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्य’ले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। विगतका कमजोरीमा सुधार आउनेछ।

लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफल’ताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले समेत साथ दिनेछन्।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर : मनमा दोधारको अवस्था सिर्जना हुन’सक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।

काम पूरा नभए पनि आंशिक लाभको सम्भावना। आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

कुम्भ : कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौती’पूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ।

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयो’गीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

मीन : पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ योजनातर्फ अग्रसर भइनेछ। काम बन्नाले मनग्य लाभ हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्र’मको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।

आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । सरसापट’मा धन बाहिरिने देखिन्छ ।

प्रतिकृया दिनुहोस्