Wednesday, August 10

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नु`होस्

January 28, 2022 587

सुनको भाउ आज पनि तोलामा ९ सय रुपै`याँले घटेको छ ।हिजो र आज सुन लगातार तोला`मा ९ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यव`सायी महा`सङ्घले जनाएको छ ।

अस्ति बुध`वार तोला`को ९४ हजार ४ सय रुपैयाँमा कारो`बार भएको सुन हिजाे बिहीवार ९ सय रुपैयाँले घटेर तोला`को ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी`को भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाए`को छ ।

प्रतिकृया दिनुहोस्