कोरोनाको जोखि’मकै बेला कुवेतपछि मलेसिया सरकारले पनि अवैधानिक श्रमिकका लागि आममाफी’को समय दिने भएको छ । मलेसियाले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिन लागेको हो । कुवेतमा आममाफी’को लागि आवेदन दिने म्याद पनि सकिसकेको छ ।
कुवेतको आममाफीमा झण्डै २६ सय नेपालीले यात्रा अनुमति’पत्र दूतावासबाट बनेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कुवेतले दिएको आममाफी’मा सहभागी हुन दुईवटा विकल्प थियो । पहिलो, पासपोर्ट नहुनेले दूतावासमा गएर यात्रा अनुमति पत्र बनाउने । दोस्रो पासपोर्ट हुनेले कुवेत’ले तोकेको ठाउँमा सिधै सम्पर्क गर्ने ।
तर राजदूत भण्डारीका अनुसार पासपोर्ट साथै’मा भएका नेपालीहरु नगन्य रहेका छन् । ‘यहाँ पासपोर्ट साथमा हुने एकदमै कम नै हुनुहुन्छ,’ राजदूत भण्डा’रीले भन्नुभयो, ‘कति हुनुहुन्छ भनेर अहिले कुवेतले ठ्याक्कै तथ्याँक दिएको छैन ।’
मलेसियामा जनवरी १ देखि भिसा सकिएकाहरु स्वदेश फर्कन पाउने
मलेसिया सरकारले पनि भिसा’को अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिन’को समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिख’सम्म १४ दिनको स्वदेश फिर्ताको स’मय दिइएको मलेसिया’का लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।
‘जनवरी १ देखि भिसाको म्याद सकिएकाहरु’लाई मलेसियाको अध्यागमन विभागमा गएर स्वदेश फर्कन पाउने अवसर छ,’ राजदूत पाण्डेले भन्नुभयो, ‘यसबारे हामीले परराष्ट्र’मा जानकारी पठाएको छौं, आजसम्म कुनै प्र’तिक्रिया आएको छैन, त्यसैले यसबारे थप भन्न सकिने अवस्था छैन ।’
अवैधानिक रुपमा विदेशमा बस्दा श्रमिक’लाई समस्या हुने भएकाले पनि यसरी अवसर पाएका बेला नेपालीलाई स्वदेश फर्काउनुपर्ने राजदूत पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, ‘परराष्ट्रलाई नेपाली फ’र्कन पाउनुपर्छ र फर्काइनुपर्छ भनेर भ’नेका छौं, प्रतिक्रिया आएको छैन ।’
कुवेतले आफ्नै खर्चमा पठाउने, मलेसियामा भने श्रमिक आफैंले खर्च गर्नुपर्ने कुवेत सरकारले आममाफीमा सह’भागी हुनेलाई आफ्नै खर्चमा सम्बन्धित देशमा पुर्याउनेछ । अप्रिल २६ देखि ३० सम्मको अवधिमा सहभागी भएका नेपाल’सहित, भारत, बंङ्लादेश, फिलिपिन्सलगायतका देशका नागरिकलाई अहिले कुवेतले आफ्नै खर्चमा राखेको छ ।
फिलिपिन्स’ले आफ्ना केही नागरिक’लाई लगे पनि भारत, बंङ्लादेश लगायतका देशका नाग’रिक अहिले कुवेत सरकारकै सेल्टरमा स्वदेश फर्कने बाटो कुरिरहे’का छन् ।
तर मलेसियाले दिएको अवसरमा सहभागी भएर स्वदेश फर्कनेले भने लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने राजदूत पाण्डेले बताउ’नुभयो । अघिपछि अवैधा’निक श्रमिकलाई धरप’कड गरेर पठायो भने अर्कै प्रक्रिया हुन्छ ।
जेल बस्नुपर्ने हुन्छ । तर यो अवसरको सदुपयो’ग गरेर फर्कंदा भने फर्कने खर्च आफैंले व्यर्होनु परे पनि अन्य कानुनी झण्झटबाट मुक्त हुने राजदूत पाण्डे’को भनाइ छ ।
प्राथमिकताको आधारमा स्वदेश फर्काइन्छ : परराष्ट्र मन्त्री ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई प्राथमिकताको आधार’मा स्वदेश फर्काउने बताउनुभएको छ । सोमबार श्रम रोजगार पत्रका’र समूहसँगको छलफल’मा उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकता’को आधारमा नेपाल फर्काउन सरकारले तयारी गरिरहेको बताउनुभएको हो ।
तर पछिल्लो समय कुवेतसँगै मलेसियाले आममाफी’को समय दिएर अवैधानिक श्रमिकलाई स्वदेश फर्काउने अवसर दिए पनि यसमा सहभागी भएर फर्कनेलाई ल्याउन चुनौती’पूर्ण रहेको उहाँको भनाइ छ ।
‘आममाफीमा सहभागी हुने, अत्यन्तै समस्या’मा पर्नुभएका, गर्भवती, आफन्त गुमाएका लगायतका श्रमिकलाई पहिलो प्राथमिकतामा ल्याउने हो,’ परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, ‘तर यसो गर्दा झण्डै ३० देखि ३५ हजार श्रमिक’लाई एकैपटक ल्याउनु चुनौती’पूर्ण छ ।’
आफ्ना नागरिकलाई गन्तव्य देशले आफ्नै खर्चमा जहा’जमा पठाउँछौ भन्दा रेस्पोन्स गर्नुपर्ने भए पनि क्वा’रेण्टीनदेखि, कोरोना परीक्षण लगायतका विभिन्न तयारी आवश्यक भएका’ले अहिले चुनौतीपूर्ण रहेको मन्त्री ज्ञवा’लीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले उहाँहको पी’डा बुझेका छौं, तर उहाँहरुको परिवारका सुरक्षाका लागि पनि यो निर्णय गरिएको हो, तर हा’मीले अहिले कसरी उद्धा’र गर्ने भनेर छलफल गरिरहेका छौं, तर अहिले नै कहिले भनेर मिति भने भन्न सक्ने अवस्था छैन ।’
परदेशमा श्रमिकलाई परेको स’मस्या समाधान’का लागि सम्बन्धित देशको पनि दायित्व भएको भन्दै उहाँले त्यसका लागि प्रधानमन्त्रीसँगै आफूले पनि गन्तव्य देश’का राष्ट्र प्रमुख र विदेश मन्त्रीसँग कुराकानी गरि’रहेको बताउनुभयो । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्