संयुक्त राज्य अमेरिका’मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण’मा उल्लेख्य कमी आउन सकेको छैन । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि यो संख्या अझै बढी नै रहेको छ ।
सोमबार मात्र अमेरिकामा कोरोना’का २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना भा’इरस संक्रमितको संख्या १२ लाख नाघेको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख १२ हजार ८३५ पुगेको वर्ल्डोमि’टर्सको तथ्यांकले देखाएको छ ।यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए ।
तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्यामा उतारचढाव आइरहेको छ । आइतबार त्यहाँ २७ हजार ३४८ नयाँ संक्रमित थपिए’का थिए ।
अमेरिकामा कोरोना संक्रमणका कारण अहिले’सम्म ६९ हजार ९२१ को ज्या’न गइसकेको छ । सोमबार मात्र त्यहाँ १ हजार ३२४ को ज्यान गयो । आइतबार भने यो संख्यामा कमी आएको थियो, त्यसदिन कोरोनाका कारण अमेरिकामा १ हजार १५३ को मृ त्यु भयो ।
साथै कुल संक्रमितमध्ये १ लाख ८७ हजार ५५३ जना भने पूर्ण रु’पमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ५५ हजारभन्दा धेरै संक्रमित हाल उपचार’रत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घ’टना र दैनिक मृ’त्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्या न गुमाउ’नेको संख्या २९६ रहेको छ ।
न्यूयाेर्कमा साेमबार ३ हजार ४९१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख २७ हजार ३७४ पुगेकाे छ । हालसम्म त्यहाँ २४ हजार ९४४ जनाले ज्या न गुमाइसकेका छन् ।
अर्को बढी प्रभावित राज्य न्यूजर्सी’मा पनि कोरोनाका कारण ज्या’न गुमाउ’नेको संख्या ७ हजार ९५१ पुगेको छ । त्यहाँ एकैदिनमा साेमबार ६५ को मृ त्यु भयो भने १ हजार ९०७ नयाँ संक्रमि’त थपिए । याे अघिल्ला दिनहरूकाे तुलनामा कम नै हाे । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्