Friday, June 9

आमा बित्दा छोराहरू आउँदै आएनन्, ४ छोरीले गरे आमाको अन्तिम संस्कार….

February 13, 2022 2423

हिन्दु परम्पराअनुसार आमाबुवाको मृ`त्युपछि दाह|संस्कार छोराले नै गर्ने चलन छ। अझ मृ`तकको शवलाई काँधमा राखेर आर्य|घाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।

पछिल्लो समय छोरा नहुने अभिभावकको मृ`त्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाह`रू पनि बाहिरिने गर्छन्।भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरी`हरूले आमाको अन्तिम संस्कार गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगला`घाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृ`त्यु भयो। उनको दाह`संस्कार गर्न छोराहरू नपुगेपछि चार छोरी`हरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।

मृतक जातिको छिमेकीका अनुसार छोरा`हरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्य`घाटसम्म पुर्‍याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआए`पछि छिमेकीकै सहयो`गमा उनीहरूले आमाको श|व आफैंले लैजाने निर्णय गरेका थिए।

श्रीमानको मृ`त्युपछि जातिले निकै दुःख गरेर छोरा`छोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरू`लाई पढाइन्। तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्न`समेत आएनन्।मृ`त्युअघि पनि छोरा`हरूले उनको वास्ता गर्दैन थिए।

‘आमाले पहिले नै छोरा`हरूले मेरो वास्ता गर्दैनन् भन्नुहुन्थ्यो,’ मृतकका जेठा ज्वाइँले भने, ‘आमा हामी`लाई भेट्न केही दिन`अघि आउनु`भएको थियो। तब उहाँले तिमी नै मेरो जेठो छोरा हौ किनकी कहिले पनि छोराले मेरो वास्ता गरेनन्, मलाई धेरै वर्ष|देखि भेट्न पनि आएका छैनन् भन्नु`भएको थियो।’

मृतक जातिकी छोरी सीता`मणि साहुले पनि भाइ`हरूले कहिल्यै आमाको खबर नसोधेको बताइन्।‘पछिल्लो दस वर्षदेखि आमालाई वास्ता गरेनन्। भाइ`हरूले आमा`लाई कहिल्यै साथमा समेत राखेनन्। एक पटक पनि आमालाई सन्चो छ/छैन सोधे`नन्। आफ्नो ध्यान आफैं राख्नुहुन्थ्यो।’

मृत्यु हुनु केही दिनअगाडि जाति बिरा`मी भएकी थिइन्। उन`लाई छोरी-ज्वाइँले एम्बु`लेन्समा अस्पताल लगेका थिए। त्यतिबेला पनि भाइहरू आमा`लाई भट्न नआएको उनले बता`इन्।

प्रतिकृया दिनुहोस्