Wednesday, November 29

आज फेरि थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

May 5, 2020 2721

नेपालमा थप ७ जनामा कोभिड १९ आर्थात कोरोना भाइर’स संक्रम’ण पुष्टि भएको छ । भेरी अस्पतालमा नेपालगञ्जको प्रयो’गशालामा गरिएको परिक्षणमा ७ जनामा नयाँ संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको नयाँ संक्रमितहरुमा एक बालि’कासमेत रहेकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगर’पालिका ८ का ३ जना २२, ३० र ४० वर्षका पुरुष रहेका छन् ।

त्यस्तैगरी सोही स्थानका ९ वर्षीया वालिका, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेका छन् । याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जनाएको छ ।

यसअघि नेपालमा ७५ जनामा कोरोना भाइरस’को संक्रमण पुष्टि भइसकेको छ । आइतबार मात्रै वीरगञ्जमा १ जना र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमित भेटिएका थिए ।

कुल कोरोना संक्रमित ८२ मध्ये प्रदेश १ मा मात्रै ३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जना’एको छ । प्रदेश ५ मा २३ र प्रदेश २ मा १३ जनामा संक्रम’ण देखिएको छ । यस्तै, बागम’ती प्रदेशमा सात र सुदूरपश्चिममा पाँचजना संक्रमित रहेको छ ।

संक्रमितमध्ये ६२ पुरुष र २० जना महिला रहे’का छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्कि’एका छन् भने ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइर’हेको छ । हाल सबै’भन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्