Monday, March 20

हृद’यघातको हल्लापछि लाइभमा आएर पारस शाहले भने: के हर्ट’अट्याक हुने मान्छे हो म ?भएपनि फेरि उठ्छु (भिडियोसहित)

May 5, 2020 1636

पूर्वयुवराज पारस शाहले आफू स्वस्थ रहेको स्पष्टीकरण दिएका छन् । सोमबार उनलाई हृदय’घात रहेको हल्ला फैलिएपछि आफ्नो व्यक्ति’गत फेसबुकमार्फत लाइभमा आएका पारस शाहले भने, ‘मलाई केही भएको छैन है साथीहरु, मलाई हृदय’घात भयो रे भन्नेखालका हल्ला सुनेँ, के हर्टअ’ट्याक हुने मान्छे हो म ? भएपनि फेरि उठ्छु !’

बिन्दास मुडमा लाइभमा आएका पारस’ले आफ्नो बारेमा अफबाह फैलाइएको भन्दै अ’सन्तुष्टि समेत पोखे । उनले भने, ‘हेल्लो क–कसले हेरिराखेको छ ? ओके गाइज हार्ट’अट्याक नोथिङ । भर्खर उठेँ ।’

लाइभ’मा युवतीको आजाव समेत सुनिन्छ र पारस अघि भन्छन्, ‘काम नपाएका मान्छेहरु !’ उनले आफू चार दिनदेखि लगातार पार्टीमा रहेको पनि बताएका छन् । लटपटिएको आवाजमा उनले भनेका छन्, ‘ननस्टप पार्टी चार दिन भयो, चार दिन । पार्टी एक साता’सम्म जानसक्छ । अर्को सातासम्म पनि गर्दिन्छु ।’

उनले आफ्नो नाम गलत नियतका साथ लेखेर कसैले खान पाउँछ भने आफ्नो भन्नु केही नरहेको भन्दै आ’क्रोश पोखेका छन् । लाइभका क्रममा उनैसँगै रहेका र आवाज सुनिएका केही युवायुव’तीले स्वस्थ मान्छेबारे अफबाह फैलाइएको र रमाइलो मुड चलिरहँदा अना’वश्यक भ्रम फैलाइएको बताएका छन् । पारस यतिबेला पोखरा’मा रहेको उनका निकटस्थहरुले बताएका छन् । रातोपाटी बाट
यहाँ थिचेर भिडियो हेर्नुहोस ।।

प्रतिकृया दिनुहोस्