वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निध`न भएको छ । बिहान भक्तपुरको कौशल`टारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडी`बाट लड्नु भएको र टाउकोमा गहिरो चो`ट लागेको भनिए पनि औ`पचारिक पुष्टि भइसकेको छैन ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोक`गीत गाउनुका साथै चल`चित्र र टेलिश्रृंखलामा अभिनय`समेत गर्नुभएको छ ।
लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातली`लाई कसरी बे गरुँ जस्ता दर्जनौं लोक`गीत लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चल`चित्रमा पहिलो पटक अभि`नय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चल`चित्रमा अभिनय गर्नुभएको थियो ।
थुप्रै टेलि`चलचित्रमा पनि अभिनय गरेका लामा`ले पछिल्लो समय हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनु`भएको थियो ।सामा`जिक सञ्जालमा कला`कार एवं शुभचिन्तक तथा प्रशंसक`हरुले उहाँप्रति श्रद्धा`ञ्जली व्यक्त गरेका छन् । उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्