Sunday, September 24

लकडाउनले माईतमै फसिन् श्रीमती, यता श्रीमानले प्रेमिकासँग अर्को बिहे गरे

May 5, 2020 2101

कोरोनाभाइरस संक्रमण’का कारण गरिएको लकडाउनमा निकै रोचक घटना भएको छ । लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिका’सँग बिहे गरेका छन् ।

भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० कीलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रमिा’नले लकडाउनका फाइदा उठाउँदै प्रेमिका सँग बिहे गरेको आज तकको समाचा’रमा उल्लेख छ ।

लकडाउन भन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लक’डाउन सुरु भएपछि उनी उतै फसिन् । पछि उनले थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिका’सँग बिहे गरे ।

धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमान’विरुद्ध उजुरी दिइन् ।

उजुरीपछि पुलिसले धीरजलाई पक्रा:उ गरेर जेल पठाएको छ । धीरजले श्रीमती माइतीबाट नफर्केको रिस’मा प्रेमिकासँग बिहे गरेको बयान दिएका छन् ।

गुडिया’का अनुसार उनका पतिको पहिले’देखि नै ती महिलासँग सम्बनध थियो जसको कारण उनीहरुको घरमा झग’डा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिला’सँग बिहे गरेका थिए । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्