Thursday, December 7

वैशाख २५ पछि पनि लकडाउनलाई निरन्तरता !

May 6, 2020 1208

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई शून्यमा झार्नेगरी काम गर्ने तयारी गरेको छ। मंगलबार बालु’वाटारमा बसेको कोरोना संक्र’मण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको २३ औं बैठकमा मंगलबार प्रधानमन्त्री केपी ओलीको समेत उप’स्थिति थियो।

मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथाव’त राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो।

‘कृषि क्षेत्रका कामलाई सुरक्षा’का मापदण्ड अपनाएर निरन्तरता दिने र  तिनलाई स्वभाविक ढंगले अगाडि बढाउने’, सचिव बिडारीले भने, ‘संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भए’सम्मका सबै प्रयास जारी राख्ने। हाम्रो मुलुकमा रोग र संक्रमणका कारण मृ’त्युवरण गर्ने अवस्था नआओस् भन्ने विषयमा समिति गम्भी’र छ।’

लकडाउनलाई जारी राख्ने विषयमा छलफल भएको र यस विषयमा मन्त्रिपरिषद् बैठक’ले निर्णय गर्ने बिडारी’को भनाइ छ। ‘लकडाउनको नीति जे छ त्यही अनुसार अगाडि बढ्छ। यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद् बैठक’बाट थप निर्णय हुनेछन्’, सचिव विडारीले भने, ‘अहिलेको स्थिति सही छ। यही ढंगले अगाडि बढ्छ। लक’डाउन निरन्तर हुन्छ।’

चैत ११ गतेदेखि सुरु भएको लक’डाउन वैशाख २५ गते सकिँदै छ । सरकारले फेरि लकडाउन थप गर्ने वा यसको मोडा’लिटी परिवर्तन गर्ने भन्ने विषयमा लामो समयदे’खि छलफल गर्दै आएको थियो । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्