Sunday, March 7

आज एकैदिन १७ जनामा कोरोना पुष्टि, यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

May 6, 2020 1388

नेपालमा थप सत्र जनामा आज कोरोना भा’इरस पोजिटिभ देखिएको छ । सबै १७ जना बीरगञ्जको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जान’कारी दिनुभएको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शालामा गरिएको परीक्षण’मा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको हो ।

मन्त्रालयका अनुसार २ महिने शिशु’देखि ६६ वर्ष’सम्मका रहेको बताइएको छ । पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला छन् ।यस्तै, उपचारपछि निको भएर घर फर्कि’एका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको छ ।

आज नै कोसी अस्पताल’मा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको पनि स्वास्थ्य मन्त्रा’लयले जनाएको छ । न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्