नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजि’टिभ देखिएको हो।
जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने नि’को भएका छन् ।प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर वि’धिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधि’बाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।अहिले’सम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।
नेपालमा कोरोनाको उपचार’पछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखि’एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौं’मा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जना’को स्वाब परीक्षण’को रिपोर्ट फेरि पोजिटिभ देखिएको हो ।
देवकोटाका अनुसार उनी’हरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्ररा’ज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु’बाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विष’यमा अध्ययन भइ’रहेको प्रवक्ता देवकोटा’को भनाइ छ । – अन्नपुर्ण पोस्ट/तस्विर फाइल
प्रतिकृया दिनुहोस्