कोरोना कहरले विश्व ठप्प भएको बेला नेपाली रजतपटका दुई नायिका’को खुसीको खबर बाहिर आए’को छ। चलचित्र उद्योगमा निकै रुचाइएका नायिका”हरू स्वस्तिमा खड्का र केकी अधिकारी”ले अंग्रेजी फिल्म’मा अभिनय गर्ने अवसर पाएका छन्। अहिलेसम्म नाम सार्व’जनिक नगरिएको अमेरिकी चलचित्रका लागि उनीहरू आधि’कारिक रूपमा अनुबन्धित भइसकेका छन्।
लक डाउन सुरु हुनुभन्दा अघि नै अडिसन’मार्फत उनीहरू’लाई छनोट गरिएको हो। केही समयअगाडि नेपाल आएको फिल्मको टिमले अडिसनबाट स्वस्तिमा र केकीलाई छनोट गरेको हो। यो फिल्मका लागि अन्य केही नायिका’ले पनि अडिसन दिएका थिए तर उनीहरू’को नाम गोप्य राखिएको छ।
स्वस्तिमा र केकीले आफ्नो क्षमता प्रदर्शन गरेर यो भूमिका पाएको बताइएको छ। फिल्मको मुख्य भूमिका’मा स्वस्तिमा हुनेछिन् भने उनकी दिदीको भूमिकामा केकी रहने बताइएको छ। यी दुई’बाहेक अन्य कलाकार भने अमेरिकी नै हुने छन्।
कोरोना संक्रमणको जोखिम नभएको भए अहिले यो फिल्म फ्लोरमा जाने तयारीमा हुन्थ्यो। अब यसको छायांकन पछि धके’लिएको छ। कोरोना त्रास सकिएपछि यसको छायांकन सुरु गरिने बताइए’को छ। फिल्मको छायांकन अमेरिकाका विभिन्न स्थानमा हुनेछ।
भुटानी शरणार्थीको विषयमा बन्न लागेको उक्त अमेरि’की फिल्म अमेरिकी निर्माताले बनाउन लागेका हुन्। यसका लागि दुई महिना’अघि उनीहरू नेपाल आएर अडिसन लिएका थिए। यो फिल्म भुटानी शरणर्थी’को जीवन गाथामा आधारित हुनेछ। स्वस्तिमा’ले फिल्मका लागि औपचारिक रूपमा सम्झौता भइसकेको जानकारी दिइन्।
अमेरिकी फिल्ममा काम गर्न छनोट हुनु खुसी’को कुरा भए पनि कोरोनाको त्रासले खुसी बाँड्न नपाएको उनको भनाइ छ। ‘यो अवसर”ले मलाई अझ जिम्मेवार भएर काम गर्न हौसला थपेको छ। लकडाउनको फुर्सदमा अभिनयकै पाटोमा बढी केन्द्रित रहेर विभिन्न अध्ययन गरिरहे’की छु’, उनले भनिन्।
नेपाली फिल्म उद्योगमा छोटो समयमा आफू’लाई स्थापित गराउन सफल नायिका हुन् स्वस्तिमा। नृत्यमा पारंगत उनी र केकीले एक साथ अभिनय गरेको फिल्म नाईं नभन्नू ल– ५ सफल भएको थियो। गत वर्ष प्रदर्शनमा आएको फिल्म बुलबुलमा उनको अभिनय’को निकै तारिफ भएको थियो।
स्वदेशमा मात्रै होइन यसमा उनले गरेको अभिनयलाई विदेशमा समेत पुरस्कृत गरिएको थियो। अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उनले अवार्ड जितेकी थिइन्। यो फिल्ममा उनले टेम्पो चालक युवतीको भूमि’का निर्वाह गरेकी थिइन्।
लकडाउन’को उपयोग गर्दै घरमा बसेर फिल्म हेर्ने, लिजेन्ड कलाकार’हरूका जीवन गाथा पढ्ने र अन्तर्वार्ता हेर्ने र हरेक दिन केही न केही सिकिरहेको उनले बताइन्। ‘सुटिङको व्यस्तता’ले घरमा समय दिन पाइएको थिएन।
यो समय घर र माइती’लाई समय दिने, कुराकानी गर्ने, विभिन्न परिकार बनाएर खाने’लगायतका काममा आफू’लाई व्यस्त राखेकी छु’, उनले भनिन्। एक महिनासम्म घरमा रहेकी स्वस्तिमा माइत’मा आमा बिरामी भएपछि सुरक्षा निकाय”सँग अनु’मति लिएर माइत गएकी छन्।
कोरोना महामारीको समाचार हेर्दा, सामाजिक सञ्जालमा अपडेट भइरहँदा आफू सुरक्षित भए पनि अदृश्य डर लाग्ने उनको अनुभव छ। घरमै बसेर स्वास्थ्य सुरक्षा अपनाउने एउटै उपाय भएका’ले उनी घर’बाहिर खासै हिँडेकी छैनन्।
केकी पछिल्लो समय कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ उत्पादनमा व्यस्त थिइन्। यो सोको फाइनल’सँगै वल्र्ड टुरमा जाने तयारीमा रहेको भए पनि कोरोना भाइरस”ले उनको यात्रा रोकियो। त्यसयता उनी फिल्म’मा भने देखिएकी छैनन् । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्