Monday, October 2

वीरगन्जमा १८ जनाको एउटै परिवारका १७ जनामा कोरोना पुष्टि

May 7, 2020 1078

वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको छ । छपकैया निवा’सी अन्दाजी ७० वर्षीय जैनुद्दीन अन्सारी’सहित छोरा, छोरी, बुहारी तथा नातीहरुमा बुधबार कोरोना पुष्टि भएको हो ।

अन्सारीका अन्दाजी ४५ वर्षीय छोरा सम’सुद्दीन अन्सारीको स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २१ गते क्वारेन्टाइन’मा राखिएको थियो । क्वारेन्टाइनमा रहेका समुुद्दीन अन्सारीको स्वाब’सहित उनका परिवारमा रहेका १८ जनाको स्वाब संकलन गरी काठमाडौं’को टेकुस्थित प्रयोगशालामा परीक्षण’का लागि पठाइएको थियो ।

सोही क्रममा बुधबार जैनुद्दीनका श्रीमती बाहेक परिवारका १७ जना सदस्यहरुमा कोरोना पोजेटिभ रिपोर्ट आए’को हो । अन्सारीको १८ जना परिवारमध्ये जैनुद्दीन अन्सारी’का श्रीमती बाहेक २ वर्षीय तथा ४ वर्षीय २ जना बालकसहित १० जना पुरुष र ७ जना महिला’मा कोरोना पुष्टि भएको हो ।

उनीहरुलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल’को आइसोलेशनमा राखिएको छ । एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएसँगै वीरगन्ज त्रासमय बनेको छ ।

सो वडासहित वीरगञ्जबासी’हरु त्रसित बनेका छन् । केही समय अगाडि मात्रै वीरगञ्ज बजारमा सर्वसाधारण’हरुको चहल पहल देखिएपनि वीरगञ्जका एकै परिवारका १७ जनामा कोरोना पोजे’टिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएसँगै वीरगञ्ज सुनसान बनेको छ ।

कोरोना न्यूनीकरणका लागि मुलुक नै लक’डाउनको अवस्थामा रहेको समयमा वीरगञ्ज’मा बुधबार’का दिन भने केही खुकुलो भएको स्थानीय’हरुले महसुस गरेका थिए ।

समसुद्दीन नारायणी अस्पताल क्षेत्र’मा रहेको फार्मे’सीमा काम गर्दै आएका थिए । वीरगञ्ज’मा समेत कोरोना संक्रमित देखा पर्न थालेपछि उनी वडाध्यक्षलाई सघाउनका लागि सामा’जिक कार्यमा संलग्न थिए ।

वडा नं. ३ मा वितरण गरिए’को राहत वितरण कार्यमा पनि उनले सघाएका थिए । सामाजिक कार्य’मा संलग्न हुँदै आएका कारण त्यस वडाका अधिकांश व्यक्ति’मा कोरोना पोजे’टिभ हुन सक्ने टिका’टिप्पणीहरु हुन थालेका छन् ।

अहिले वीरगञ्जस्थित नारायणी अस्पताल’मा पर्सा’सहित प्रदेश २ का अन्य जिल्लाहरुका ११ जना कोरोना संक्रमितहरु उपचार’रत छन् । पर्सामा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिए’पछि अहिले संक्रमितको संख्या २४ पुगेको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्