Monday, March 20

इटहरीको मध्य’रात काण्ड’बारे इटहरीका मेयरले मुख खोले

May 7, 2020 2326

सोमबार राती इटहरीमा भएको घट’नाबारे मेयर द्वारिकलाल चौधरीले मुख खोलेका छन् । इटहरी १७ मा रहेको एक घरमा महिला’सँग बसेको अवस्थामा राती उनलाई स्थानीय’हरुले भेटेको र होहल्ला भए’पछि भागेको हल्ला चलेको थियो ।

सामाजिक सञ्जालमा मेयर’लाई राती रंगे’हात भेटिएको भन्ने आशयका स्टाटसहरुको बाढी नै आएको थियो भने धेरैले के भएको हो भन्ने चासोसमेत राखेका थिए । राती नै त्यो स्थानमा प्रहरी पुगेको बताइ’एको छ । मंगलबार बिहान पनि सुन’सरी प्रहरीका डिएसपी विनोद शर्माको कमान्डमा प्रहरी टोली घट’नास्थल पुगेर जान’कारी लिएको थियो ।

सामाजिक सञ्जालमा व्यापक टिप्प’णी हुन थालेपछि उनले नभएको हल्ला चलाइएको प्रष्टिकरण दिएका छन् । जग्गाको कारो’बारको सिलसिला’मा आफूहरु त्यहाँ पुगेको र ५–६ जनाको समुहमा बसेर चिसो खाएर फर्किएको बताए ।

उनले यसो भनेका छन्,

‘खोलामा पुल हाल्ने सिलसिलामा र जग्गा बेच्ने सिलसिलामा छलफल गर्न हामी समुहमा त्यता गएका थियौं । ती बहिनीको घरमा ५–६ बजेको समयमा पुगेर शिवप्रसाद भाई, दुःखीलाल चौधरी र एक जना मुसहरर्नी दिदि भएर चिसो खायौं । जुन घरमा बस्यौं, त्यो घरको बहिनी’सँग चिनजान भएको अस्ती मात्र हो ।

केही बेर बसेपछि ती बहिनीले ढिलो नबसिदिनु, घरमा पुरुष हुनुहुन्न, समाजले अन्यथा लिन्छ भनेर आग्रह गरेपछि हामी ६ः३० बजेतिर निस्क्यौं । घर फर्केर खाना खाएर निदाइ’सक्या थेँ । १७ नं.वडा सदस्य जीवन राईको फोन आयो । कहाँ हुनुहुन्छ भनेर सोध्यो । घरमै छु भनेँ । बाहिर हुनुहुन्छ भने पुर्याई दिन्छु भने । मैले हैन, म घरमै छु भनेँ ।

त्योभन्दा अघि पकलीको इन्सपेक्टरले पनि फोन गर्नुभाको रहेछ । पछि जीवन राई घरमै आइ’पुग्नुभो १० मिनेटमा । त्यसपछि मैले फेस’बुक हेर्न थालेँ । निकै ठूलो हो’हल्ला भइसके’को रहेछ । हल्ला फैलिए’जस्तो केही भएको छैन । यो देश हल्लै हल्लाको देश हो । जसले नचाहिने हल्ला फैलाउनु’भयो, वहाँहरु’लाई धन्यवाद छ ।

घट’नाले मलाई सजग गराएको छ । पार्टी’भित्रकै केही मानिसहरु मेरो विरु’द्ध लागेका छन् । म कुनै गुटमा छैन त्यसैले आफ्नो गुटमा आएन भन्ने पार्टी भित्रकै अ’सन्तुष्ट नेता कार्यकर्ता’हरुले मलाई खेदो गरिरहेका छन् । कसैको घरमा मेयर गयो भन्दैमा आकाशै खस्यो भनेर कोको’होलो मच्चाउनु’को अर्थ छैन । -पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्