Sunday, September 24

बैँशमा यस्ता थिए अभिनेता दयाहाङ राई : हेर्नु`होस् पुराना ७ तस्बिरमा

May 7, 2020 22415

झट्ट हेर्दा खाँट्टी लाहुेर झैं देखिन्छन् ४० वर्षे दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक र बटुलो अनुहार । उचाइ पनि त्यति अग्लो पनि नभएको होचो पनि नभए’को औसत खाल’को ।

जबकि उनी नेपाली सिनेमाका अग्रपङ्क्ति’का अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला-मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छवि’लाई भत्काउँ’दै नेपाली सिनेमा’मा उनको पर्दा’पण भएको हो ।

ठ्याक्कै डेढ दशक भयो  दयाहाङ’ले सिनेमा खेल्न थालेको । रामबाबु गुरुङको निर्देशन’मा निर्माण भएको चलचित्र ‘अनागरिक’बाट दयाहाङ’ले सिनेमा जगत’मा प्रवेश गरेका हुन्।

मनोज पण्डितको ‘दासढुंगा’ पछि उनको अनुहार सार्व’जनिक बन्यो । निश्चल बस्नेतको ‘लुट’ र रामबाबुकै ‘कबड्डी’पछि भने दयाहाङको धमकेदार उदय भयो ।

हेर्नुहोस् उनले फेसबुकमा सार्वजनिक गरेका केही पुराना फोटोहरु (उनले लेखेको क्याप्सन सहित)

बाबा – आमा बहीनीहरू र दयाहाङ ।
एउटा सुन्दर सम्झना …..
S L C परिक्षा सकिए पछी साथीहरु सरोज राई र दिवान राई सँग म अण्णपूर्ण मा बि को प्राङ्गणमा पछाडि ट्याम्के डाडा त्यसैको मुनी मैले नै छेकेको मेरो गाऊ ….
अहिले SEE परिक्षा रोकिएकोछ यो अवस्थामा तपाईं सम्पूर्ण बिद्यार्थी साथीहरु शारिरिक र मानसिक रुपमा तयार रहनुहोला किनभने तपाईंहरुले एउटा युग हाँक्नुछ …….

यो तेती बेलाको फोटो हो ! भोजपुर बहुमुखी क्याम्पस बाट भूगोल बिषयको लागि भौगोलिक भ्रमण गर्न बाग्लुङ जादाको हो ! भोजपुर देखी दुई दिन हिडेर चतारा पुगेर गाडी चढेर धरान हुँदै गएका थियौ । बाटोमा पिखुवा खोला १२/ १५ पटक तर्नु पर्थ्यो तेसैको तयारीमा साथी बिक्रम के सि र म !!!

पहिलो पटक सेलिब्रेटी लाई भेट्दा कुरिनटार केबलकारको शौचालय अगाडी सन्तोष पन्त दाई सँग साथी रुपेश र मैले फोटो यसरी खिचियो ! फोटो खिक्ने साथी बिक्रम के सी ले खिच्न पाएन …….

उतिबेलाको एउटा पोज ….
साथीहरु मणिकुमार राई अनी उत्तरधन राई
खोला त तर्नै थियो पुलबाट
सम्झना को लागि एक तस्बिर पनि खिचियो भाई पाबिहाङ राई सँग …….
अल्लारे खुशी …. फेवा तालमा !

प्रतिकृया दिनुहोस्