मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्ध’भित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्द’व्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभा’इको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्र’माले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् ।
आजका लागि शुभ’अङ्क : ७ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापस’ङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नता’को सञ्चार हुनेछ, विला’सिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणय’प्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।
आजका लागि शुभ’अङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य:सिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा पाँचौं चन्द्रमाले ज्ञान’विज्ञान, अध्यात्म र दर्शन’तर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोरा’छोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्ट’मित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथी’भाइले सहयोग पुर्याउने छन् ।
आजका लागि शुभ’अङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जाप’सङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एक’तमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्ज’नात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रिया’कलाप, दर्शन र चिन्तनप्रति जसरी भए’पनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ ।
आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य:सिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झन’लाई झेल्नु’पर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनु’हुनेछ । कुनै महत्त्व’पूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिन’भरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
आजका लागि शुभ’अङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मानप्रतिष्ठा र सामा’जिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्ति’को सहयोग र सल्लाहले महत्व’पूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजु’भाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामा’जिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विका’स हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
आजका लागि शुभ’अङ्क : ८ र शुभरङ्ग : रातो हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ धरणीसुताय नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्य’पक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नता’का बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेल’मिलापको वातावरण का’यम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै न’सोचेको धन प्राप्त हुनसक्छ ।
आजका लागि शुभ’अङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मि’श्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–अस’फलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसाय:तर्फ मन आकर्षित हुनेछ । आफूले ताके’अनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्र’वर्गबाट सोचे’जस्तो लाभ प्राप्त हुनेछ ।
आजका लागि शुभ’अङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहानको समय असल छ, दर्शन र अध्यात्म’तर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वाद’विवादमा विजय प्राप्त हुनेछ । परो’पकारका क्षेत्रमा आक’र्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।
आजका लागि शुभ’अङ्क : ७ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जाप’सङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सरकार र राज्यपक्ष’बाट लाभ प्राप्त हुनेछ । रोकिएका सरका’री काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योग’धन्दा र बन्द’व्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्र”बाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।
आजका लागि शुभ’अङ्क : ५ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जा’पसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कल्पना, भावना, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन । सानातिना र झिना’मसिना काममा तल्लीन हुनुपर्ने भएका’ले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यव’सायिक र सामाजिक क्षेत्रमा खटेजति सफ’लता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ ।
आजका लागि शुभ’अङ्क : ३ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आ’रम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगत’मा भएका कमी’कमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परो’पकारी काममा खटिनु पर्ने भएकाले व्यव’सायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमा’लाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।
आजका लागि शुभ’अङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । ज्यो- नारायण प्रसाद अधिकारी (साभार)
प्रतिकृया दिनुहोस्