बुधबार बसेको मन्त्रि’परिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ।सर्त’सहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उप’भोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माण’जन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रि’वितरण गर्न पाउने निर्णय गरे’को छ।
सम्बन्धित स्थानीय तहमा गठन भएको समिति’बाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ।यसैगरी फल’फूल र दुग्धजन्य वस्तुको उत्पादन र विक्री वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन गर्न पाइने छ।
पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारी’हरु जनक शिक्षा सामग्री’बाट अनु’मति लिएर सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ।उद्योग प्रतिष्ठान, विकास निर्माण’का लागि आवश्यक कच्चा पदार्थ लगायत सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकार’ले गरेको छ।
यस्तै राष्ट्रिय गौरबका आयोजना’हरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनी’ले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परी’क्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखिए’को छ।
यस्तै गिट्टी बालुवा उत्पादन र ढुवानी गर्न पाइने निर्णय पनि सरकारले गरेको छ। बैंक तथा वित्तीय संस्थाहरु’ले बढीमा एक तिहाइ कर्मचारी’बाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।
सार्वजनिक सेवाका क्षेत्रहरु’मा एक चौथाई सवारी’लाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिक’लाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने, त्यस’को खर्च उद्योग’हरुले व्यहोर्ने र कार्यस्थल’लाई नियमित स्यानिटाइ’जेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।
यस्तै इन्टरनेट, वर्कसप लगा’यतका क्षेत्र’हरूमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाइने निर्णय भएकाे छ।अन्तर्राष्ट्रिय सीमानाका’हरु जेठ १८ गते’सम्म बन्द राख्ने निर्णय सरकार’ले गरेको छ। सीमानाका खुला गरे पनि खाद्यान्न लगायत अत्या’वश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुने’छन्।
शैक्षिक संस्थाहरु, गैर खाद्य’वस्तु विक्री गर्ने व्यव’सायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छे’हरुको बढी भीड हुने क्षेत्र’हरु अर्को सूचना जारी न’भएका सम्मका लागि बन्द नै राख्ने निर्णय पनि गरेको छ। – सेतोपाटि (फाइल फोटो)
प्रतिकृया दिनुहोस्