लोकप्रिय टिकटक स्टारहरुले केबल ६० सेकेन्डको पोस्टबाटै २ लाख डलर’सम्म कमाइ गर्ने गरेको र आ’गामी वर्ष प्रमुख ब्रान्ड’हरुसँग १० लाख ड’लरसम्मको शुल्क लिन सक्ने प्राविधिक विज्ञहरुले बताएका हुन् ।
करोड फलोअर भएका चर्चित टिकटक सेलीब्रेटी’हरुले ठुल्ठुला कम्पनीका ब्रान्डको प्रचार गर्नुले उनीहरुलाई विशेष रुपमा फाइदा पुग्ने बताइएको छ ।
अमेरिकी अनुसन्धान समुह ‘मर्निङ कन्सल्ट’ ले सञ्चालन गरेको रिसर्चका अनुसार ‘स्पन्सर’ गरिएका पोस्टका लागि टिक’टकका चर्चित हस्तीहरुलाई प्रति फलोअर ०.००५ डलर’सम्म तिर्नुपर्ने हुन्छ ।
यसरी ती पोस्टहरु १५ देखि ६० सेकेन्ड’सम्मका अत्यन्तै छोटा भिडियो भएपनि यसले टिकटक स्टारहरुलाई विश्वकै सबैभन्दा छिटो र धेरै कमाइ गर्ने सेलिब्रेटी बनाइदिने बताइएको छ ।
अहिले नै उनीहरुले प्रति पोस्ट २ लाख डलरसम्म क’माइ गरिरहेका छन् । यस्तोमा फलोअर बढ्दै जाँदा उनीहरुले विभिन्न ब्रान्डहरुसँग त्यो भन्दा धेरै शुल्क लिन सक्ने बताइएको छ ।
यसमा अनुसन्धानक’र्ताहरुले तिनका फ्यान १९ करोड ४० लाख सम्म पुग्न सक्ने अनुमान गरेका छन् । यसको अर्थ ३ करोड फलोअर भएकी पेनिसिल्भेनि’याकी १७ वर्षीया चर्चित टि’कटक स्टार लोरेन ग्रेले एउटा पोस्टका लागि २ लाख डलर भन्दा धेरै लिन सक्नेछिन् ।
त्यस्तै १९ वर्षीया अर्की लोकप्रिय टिकटक सेलिब्रेटी आशिका भाटियाका पनि १ करोड ४५ लाख फलोअ’र छन् जसले उचित कम्पनीसँग सह’कार्य गरेमा प्रति पोस्टको लाखौँ डलर कमाइ गर्न सक्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्