Thursday, July 7

सत्ता गठबन्धनले बुथ कब्जा गर्‍यो भन्दै एमालेले गर्यो पुनः मतदानको माग

May 16, 2022 552

स्थानीय तहको मतदान सकिएर मत`गणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ क`ब्जा गरेको गम्भीर आरो`प लगाएको छ । महास`चिव शंकर पोखरेलले विज्ञ`प्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ क`ब्जा गरेको आ`रोप लगाएका हुन् ।

विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठ`बन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धु`पाल्चोकको मेलम्ची, सिन्धु`लीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्च`देवल बिनायक, मंगलसेन, बझाङको छबिस`पाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथ`कब्जा गर्ने कार्य भएको आ`रोप लगाइएको छ ।

त्यस्तै, उदय`पुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नग`रेको मत`दातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्र|तिवाद भएपछि मतग`णना नै नगरी रोकी राखिएको ए`मालेको आरोप छ । प्रहरी`लाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशास`नको चरम दुरुप`योग भइरहेको एमालेको जिकिर छ ।

त्यस्तै पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मु`चुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडा`छारमा नांगो नाच देखाएको एमा`लेले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्‍याउन जाने`क्रममा उम्मेदवार प्रतिनिधि`लाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखि`एको बा`कसको सिल तोडिएको समेत पाइयो ।’

एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदान`को माग समेत गरेको छ । ‘केही स्थानमा मत`गणना गर्दा खसेको मत भन्दा बढी मत बाक`समा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतप|त्रमा हस्ता`क्षर नगर्ने, गलत स्थानमा हस्ता`क्षर गर्ने कार्य भए,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले निर्वा`चनको दिन मत`दान सुरु हुनेक्र`ममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँध`ली गर्ने कार्य गरिएको भन्दै निर्वाच`नमा कर्म`चारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारी`समेत गठबन्धनको पक्षधर`लाई राख्ने जस्ता कार्य भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्