Thursday, July 7

रेनु दाहाललाई उछिने एमालेका विजय सुवेदीले

May 15, 2022 922

भरतपुरमा गठबन्धन`बाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।गठबन्धन`बाट माओ`वादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी`ले २४६८ मत ल्याएका छन्।

रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्। यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।उप`मेयरमा गठबन्धनबाट चि`त्रसेन अधिकारीले २७०१ मत ल्याएका छन्। राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।भरतपुर महा`नगरपालिकामा अहिले`सम्म ६७७७ मत गणना भएको छ।

गोरखाको अजिरकोट ४ मा काँग्रेसका गुरुङ विजयी:

अजिरकोट गाउँ`पालिका ४ मा नेपाली काँग्रेसका जंग|बहादुर गुरुङ विजयी भएका छन् । १०२२ मतसहित गुरुङ दोस्रो कार्य`कालका लागि वडाअध्यक्ष निर्वाचित भए`का हुन् । उनका प्रतिद्वन्द्वी माओ`वादी केन्द्रका उम्मेदवार जयबहादुर गुरूङले पाँच सय २५ मत ल्याएका छन् ।

गाउँपालिकाको अध्यक्षमा माओ`वादीका उम्मेदवार दीपक देवको`टाले २७२७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेस`का उम्मेदवार गोविन्द गुरू`ङले २६२४ मतसाथ पछ्याइ`रहेका छन् । उपाध्यक्षमा भने काँग्रेसकी ईन्द्रा गुरूङले अग्रता लिएकी छिन् । उपाध्य`क्षमा गुरूङले २६९२ मतका साथ अग्रता लि`एकी हुन् ।

माओवादी केन्द्रकी उम्मेद`वार अनिता भुजेलले २५७८ मतका साथ पछ्या`इरहेकी छिन् । अजिरकोट वडा न १, २ र ३ प्यानलसहित माओवा`दीले जितेको हो भने वडा न ४ कांग्रेसले । कुल १२ हजार ५९२ मतदाता रहेको अजिरकोटमा करिब ६५ प्रति`शत मत खसेको थियो । अजिर`कोटमा २०७४ को निर्वाच`नमा अध्यक्ष, उपाध्यक्ष र वडा न २, ३ र ४ कांग्रेसले जितेको थियो ।

प्रतिकृया दिनुहोस्