Thursday, July 7

स्थापित`ले चमत्का`र गर्छु भन्नुभो, नेतृत्वले पत्यायो, ग`ल्ती भयो : योगेश भट्टराई

May 17, 2022 508

वैशाख ३० गते भएको स्थानीय तह निर्वाच`नको मत परिणाम आउने क्रम जारी छ। अहिले सबैभन्दा बढी मानिसको ध्यान काठमाडौं महानगरपालिकाले तानेको देखिन्छ।

काठमाडौं महान`गरमा जे जस्तो मत`परिणाम आइ`रहेको छ त्यो हाम्रा लागि अप्रत्यासित हो। काठमाडौंका मतदाताहरू राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारहरू`प्रति त्यति सन्तुष्ट देखिएनन्।

नेकपा एमालेले यहाँ केशव स्थापित`लाई मेयर उम्मेदवार उठाएको थियो। एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलि`अलि चमत्का`र गरेको मान्छे केशव स्था`पित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास ग`लत हुन्छ नि।

काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको छ।

बालेन शाहले जुन मत ल्याइरहनुभएको छ, हामीले नचिताएको हो। यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलह|रूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने थाहा हुन्छ।

खास गरिकन सहरमा भएको बुद्धि`जीवी, मध्यम वर्गको जनमत किन राजनी`तिक दल र तिनका उम्मेदवारप्रति असन्तुष्ट छ भन्ने कुरा हामीले हेर्नुपर्छ।अर्को त राजधानीमा अलिक`ति स्वीङ मत हुन्छ। यहाँ सामाजिक सञ्जाल, नयाँ-नयाँ प्रचार शैली`को प्रभाव ज्यादा हुन्छ।

एमाले र कांग्रेस`भित्र एउटा ठूलो भ्रम छ, हामी स्थापित पार्टी हौं, हाम्रो विकल्पमा अरू कोही आउन सक्दैन भन्ने। त्यो सोच सत्य होइन। अब पनि राजनीति`क दलले आफू`लाई नसच्याउने, कार्यशैली नसुधार्ने, सही एजेण्डा नबोक्ने, सही मान्छेलाई नेतृत्वमा नल्याउने र जनताको अपेक्षा अनुसार काम गरेनन् भने जनता`ले विकल्प खोज्छन्।

तर अहिले बाले`न शाहले ल्याएको मत हेरेर जनताले दललाई छोडिसके भन्ने निष्कर्षमा पुग्न हुन्न। उनले जस्तो परि`णामका साथ अघि बढिरहेका छन् यो राज`नीतिक दलको ढोका ढकढक्याएको मान्नुपर्छ। त्यो ढकढक्याइ राजनीतिक दललाई सुधारिन`का लागि हो।

अब समग्र देशको परिणा`मतर्फ जाऊँ। अहिले`सम्मको परिणामहरू हेर्दा नेकपा एमा`लेले जति जित्नुपर्ने हो त्यति ठाउँमा जितेको छैन। त्यसका दुई कारण छन् भन्ने म`लाई लाग्छ- बाह्य र आन्तरिक।

पहिले त हामी बाह्य कारण के हो भन्नेमा जाऊँ। मुख्य बाहिरी कारण भनेको एमालेविरू`द्ध नेपाली कांग्रेस`लगायत पाँच द`लले गरेको गठबन्धन नै हो।एमाले`को मुख्य प्रतिस्प`र्धी कांग्रेस हो। यी दुवै पार्टी नेक टु नेक अवस्थामा भएका दल भए।

यीमध्ये अर्को शक्ति जता खप्टियो चुना`वको परिणाम उसैको पक्षमा हुन्छ। त्यसो हुने बित्तिकै अर्को पार्टीलाई गाह्रो भैहाल्छ। जस्तो: गएको संसदीय चुनाव`मा मा`ओवादी र एमाले एक ठाउँ आउँदा कांग्रेस`लाई गाह्रो भएको थियो।

अहिले माओवादी मात्र होइन एमा|लेबाट छुट्टिएर गएको एकीकृत समाज|वादी पनि गठबन्धनमै छ। जसपा र जनमोर्चा समेत एमाले विरूद्धको गठबन्धनमा छन्। त्यसले म|तको संख्या|मा प्रभाव पारिहाल्छ। रिजल्टमा पनि प्रभाव पार्ने नै भयो।

चुनावमा विभिन्न घट|नाक्रमले राज्य`सत्ताको दुरूपयोग भएको देखायो। ताप्लेजुङ र रूकुममा त हाम्रा दुई मान्छेको हत्या नै भयो। धेरै ठाउँमा गडबडी भएको छ। अब आन्तरिक कारणमा जाऊँ। यो चुना|वमा पार्टीभित्र अस|न्तुष्टि देखिए। टिकट दिने बेला पारदर्शिता भएन, जित्ने मान्छेले पाएनन् नेतृत्वको मनपर्ने/नपर्ने आधा`रमा टिकट वितरण भयो भन्ने गुनासो देखिन्छ।

पार्टी जति एकताब`द्ध हुनुपर्थ्यो त्यति भएको देखिएन। त्यही पनि म अहिले`सम्मको मत परिणामलाई समग्रतामा हेर्छु । एमाले जुन प्रतिकू`लतमा चुनाव लड्दै थियो, त्यसका आ|धारमा रिजल्ट|लाई बेठिक भन्न मिल्दैन।

हाम्रा विरू`द्धको गठबन्धन, राज्य सत्ताको दुरू`पयोगको स्थिति यो सबै परिस्थि`तिमा हेर्ने हो भने यो रिजल्ट ठिकै हो। त्यस`को मतलब एकदमै ठिक भन्ने पनि हो`इन तर हार्‍यो भन्ने पनि होइन।वस्तुगत भएर हेर्दा यो रिजल्ट ठिकै हो। अब अ`न्तिम मत परिणाम आउँदा`सम्म एमालेको कति पपुलर मत आ|उँछ भन्ने हेर्न बाँकी छ।

पपुलर`तर्फ अहिले पनि एमालेको मत घटेको छैन। मेरो विचारमा हामी पहिलो नै छौं। हाम्रो मुख्य प्रतिस्प`र्धी नेपाली कांग्रेसलाई आफ्नो मत बाहेक १५ लाख जति मत फाइदा भयो। माओ`वादी एकीकृत समाज`वादी जसपा लगाय|तका मत उसले बोन`समा पायो त्यो मतले रिजल्ट प्रभावित हुन्छ। यसको सन्देश के हो भने- मुलुकमा दुई राजनीतिक दल नै प्रमुख हुन्।

एउटा ए`माले अर्को कांग्रेस। यी कोही पनि गठ`बन्धन नगरी एक्ला/एक्लै चुनाव लडेको भए`देखि एमाले पहिलो पार्टी हुन्थ्यो, कांग्रेस दोस्रो हुन्थ्यो, माओ`वादी यहाँ भन्दा कम`जोर हुन्थ्यो एकीकृत समाजवादी मार्जिन`लाइज अवस्था`मा जान्थ्यो। त्यसैले अहिलेको चुनावी परिणाम जे/जस्तो छ त्यसको कारण एमाले विरूद्धको गठ`बन्धन हो।

(सेतोपाटीसँग गरेको कुराकानीका आधारमा तयार पारिएको

प्रतिकृया दिनुहोस्