Thursday, July 7

सामाजिक सञ्जालमा ‘संसारबाट बिदा लिने समय भयो’’ भन्दै म्यासेज लेखेर युवक बेपत्ता

May 23, 2022 370

ललितपुरको सातदोबाटो`बाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबि`एस चौंथो वर्षमा अध्ययन`रत सरोज माबो लिम्बु आइतबार`बाट बेपत्ता भएका हुन् ।

आइतबार साँझ लिम्बुले क्याम्पस`को ग्रुप म्यासेज`मा लेखे– ‘संसारबाट बिदा लिने सयम भयो । साथीहरु, तिमिहरु`सँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानु`पर्ने कस्तो है यो समय ?’ साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखे`पछि विद्यार्थी`हरुले प्रहरीलाई खबर गरेका थिए ।

२४ वर्षका सरोज माबो लिम्बुको खोजी भइ`रहेको जिल्ला प्रहरी परिसर ललि`तपुरका एसपी सिद्धि`विक्रम शाहले रातो`पाटीलाई बताए । उनले भने– ‘अनुसन्धान`बाट उनी ललितपुरको लेले क्षेत्रमा रहेको खुलेको छ ।’ सरोजको खोजीमा लेले क्षेत्रमा प्रहरी परि|चालन गरिएको छ । – रातोपाटी

मेसेज

प्रतिकृया दिनुहोस्