Thursday, July 7

इँटालाई सुन भन्दै ठगी गर्न खोज्ने पाँच जना प`क्राउ

May 23, 2022 126

दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठ`गी गर्न खोजेको आरो`पमा पाँच जना पक्रा`उ परेका छन्।

पक्रा`उ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्र`सिंह धामी, सल्यानको शारदा नगर|पालिका वडा नं. १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सोही जिल्लाको कुमाख गाउँपालिका वडा नं. १ की ३० वर्षीया गीता बुढा छन्।

जिल्ला प्रहरी कार्या`लय घोराही दाङबाट प्रहरी निरीक्षक सन्दीप बेलबासेको नेतृत्वमा खटिए`को टोलीले उनीहरूलाई आइबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित एकान्त होटलको कोठा नं. १०३ बाट नियन्त्र`णमा लिइएको जिल्ला प्रह`री प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरूले सर्वसाधारणलाई सुन बिक्री गर्ने बहानामा सुनजस्तो पहेंलो धातुको स्याम्पल`मात्र देखाई अग्रिम रकम बुझेका थिए।गोप्य सूचनाको आधारमा प्रह`रीले उनीहरू बसेको कोठामा खान`तलासी गर्दा दुई वटा इँटा बराम`द भएको जानकारी दिएको छ। पक्रा`उ परेकामाथि थप अनुसन्धान जारी रहेको पनि प्रह`रीले बताएको छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्