Thursday, July 7

सलमान खान नेपाल नआउने, टिकट भने भइसक्यो बिक्री

May 24, 2022 241

बलिउड अभिनेता सलमान खान नेपाल नआउ`ने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।

आयो`जकले सलमान खान लगाय`त टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औप|चारिक जानकारी विज्ञप्ति`मार्फत दिइने जनाएको छ ।

‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयो`जनामा हुने भनिएको उक्त कार्य`क्रममा सल`मानसँगै अन्य भारतीय कला`कारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायत`को टिम नेपाल आउने प्रचार गरिए`को थियो ।

आयो`जकले कार्य`क्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्य`क्रम स्थगित भएको थियो भने टि`कट ठ`गी काण्डमा आयो`जक सी`मान्त गुरुङ मुछिएका थिए । – रातोपाटी

प्रतिकृया दिनुहोस्