भारत महाराष्ट्रको औरंगाबादमा रेलले कुल्चँदा १६ मजदूरको मृ त्यु भएको छ। आज बिहान साढे ६ बजे औरंगाबादको जालना रेल्वे लाइननजिकै यो दुर्घट’ना भएको हो। दु’र्घटनामा अन्य कैयौं मजदुर घा’इते भएका छन्।
घर जान पैदलै हिँडेका मजदुर रेल्वे ट्र्याकमा आराम गरिरहेका बेला आएको रेलले कुल्चि’एको हो। सबै मजदुर मध्य’प्रदेशका थिए।
मुख्यमन्त्री शिवराजसिंह चौहानले मृत’क मजदुरका परिवारलाई ५–५ लाख राहत दिने घोषणा गरेका छन् भने केन्द्रीय रेलमन्त्रीले घट’नाको अनुसन्धा’नका लागि निर्देशन दिएका छन्।
उक्त मालवाहक रेलको केही खाली डब्बा मजदुर’माथि कुदेको हो। दुर्घट’नालगत्तै रेल्वे पुलिस फोर्स तथा स्थानीय प्रहरी घट’नास्थल पुगेका थिए।
भारतीय रेल्वेले वक्तव्य जारी गर्दै औरंगाबादतर्फबाट पैदलै आएका मजदुर रेल्वे ट्र्याकमा आरा’म गर्न बसिरहेका बेला रेलले कुल्चि’एको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् घट’नाप्रति दुःख व्यक्त गर्दै यसबारेमा रेलमन्त्री पियुष गोयलसँग कुरा गरेको बता’एका छन्।
प्रतिकृया दिनुहोस्