Sunday, September 24

आज रातिदेखि यस्तो नयाँ सेवा सुरु गर्दै नेपाल टेलिकम,हेर्नुहोस्

February 25, 2020 7049

नेपाल टेलिकमले आज मंगलबारबाट आफ्ना ग्राहकलाई नयाँ सेवा सुरु गर्ने भएको छ । टेलिकमले आजबाट ‘एण्ड अफ कल सेवा’ अर्थात् कल पश्चात आउने ब्यालेन्स सम्बन्धि विवरण जानकारी दिने सेवाको परिक्षण गर्ने लागेको हो । यो सेवा जीएसएम मोबाइलमा सुरु गर्न लागेको टेलिकमले जनाएको हो ।

यस सेवा अन्तर्गत कल सकिएपछि टेलिकमले बाँकि रहेको ब्यालेन्सबारे जानकारी दिन्छ । जस अनुसार टेलिकमले आज रातिदेखि केहि ग्राहकको मोबाइलमा कल गरेपछि अलर्ट म्यासेज आउँन सक्ने जनाएको छ ।अहिले परिक्षणको रुपमा यो सेवा सुरु ग्रण लागिएको टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले जनाएको छ ।

एनसेलले भने यो सेवा धेरै अगाडी देखि नै सुरु गरिसकेको छ ।यस अघि टेलिकमले मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइसकेको छ। टेलि कमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ पि्रपेड मोबाइलमा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्