नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमि’तको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमि’तको संख्या १०९ पुगेको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समि’रकुमार अधिकारीका अनुसारउदयपुरको त्रियुगा नगरपा’लिका ३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखि’एको छ । भुल्केका १८, ४५ र ६० बर्षीया महिलामा संक्र’मण फेला परेको हो ।
भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संक_लन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पता’लको पिसिआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पता’लकी मेडिकल सुपरिडे’ण्टेण्ट डा. संगिता मिश्रले बताइन् । अन्य’को स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरि’एको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकै’याका ६२ वर्षीय’ पुरुषमा पनि कोरोना संक्रमण देखिए’को छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । – ईकान्तिपुर
प्रतिकृया दिनुहोस्