Tuesday, April 13

लकडाउन’मा वृद्ध भन्छन्, ‘भत्ता पाएँ, अब खिर र मासु’ खान्छु’ (भिडियो सहित)

May 9, 2020 1025

आठ हजार वृद्ध भत्ता पाएँ । पसल’मा गएर चामल, दूध, चिनी, मासु र नुनभुटन  किनेर घर जान्छु’, दाउरा बिक्री गरेर जीवन चलाउने ६५ वर्षीय इखबहादुर दर्नालले भने, ‘खिर र मा’सु भात खाने मन छ ।’

लकडाउनमा समाजिक सुरक्षा भत्ता पाएर महोत्तरीको बर्दिबास नगरपालिका-३ का ६५ वर्षीय इखब’हादुर दर्नाल खुसीले दंग परेका छन् । उनी भन्छन्,‘महि’ना दिन’देखि खिर र मा’सुभात खाने बाटो हेरिबसेको थिएँ । हातमा पैसै थिएन ।’ उनलाई ल’कडा’उनमा दाउरो बिक्री नभएपछि नुनरो’टी पनि खान धौंधौं थियो ।

लकडाउनको मरमा परेका उनलाई हात’मुख जोड्नै कठिन थियो । समा’जिक सुरक्षा भत्ता पाएपछि छाँक टार्न सहज भएको बताउँछन् । उनी जंलगमा दाउरा संकलन गरेर बजारमा बि’क्री गरी जीवन चलाउँदै आएका थिए । लक’डाउनले बर्दिबास’का होटल’हरु बन्द भएपछि दाउरा बिक्री भएन र बिहान बेलुका खाना खान समस्या पर्न थाल्यो ।

‘एक गरिव मान्छे , त्यसमाथि बन्द छ । कमा’इ गरेर खान सकिँदैन, बाटोमा पु’लिसले हिँड्नै दिँदैन,’ दर्नालले भने, ‘के गरी गरिव बाँच्छ । खेतिपाती छैन, जागिर छैन । बन्दीमा सरकार’ले घरै आए&र भत्ता दियो । वृद्धा भत्ता खुवा’एर राम्रो काम गर्नु भयो ।’

समाजिक सुरक्षा भत्ता’कै भरमा जीविका चलाउनेहरु’लाई लकडाउनमा निकै कठिन भएपछि घरमै गएर दोस्रो चौमासिकको समा’जिक सुरक्षा भत्ता वितरण गरिएको बर्दिबास नगरपा’लिका वडा नम्बर—३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए ।

‘बैंकबाटै हामीले समाजिक सुरक्षा वितर’ण गर्दै आएका थियौं । लकडाउनमा सबै बैंक’हरु बन्द भएपछि बैंकक’का कर्मचारीहरुला’ई बोलाएर घरघरमै पुगेर समाजिक सुरक्षा वितरण गरिर’हेका छौं,’ उनले भने,

‘हाम्रो वडा भित्र समा’जिक सुरक्षा रकम बाप्त हाल:सम्म ३३ लाख रुपैंया बाँढिसकेका छौं । घरघरमै वित’रण गर्ने क्रम जारी छ ।’ समस्या हुनेलाई विशेष प्राथमि’कतामा राखिएको उनले बताए । बर्दिबास नगरपालिका-३ का समाजिक सु&रक्षा भत्ता बुझ्ने ६ सय ५० छ । – अन्नपूर्ण पोस्ट
भिडियो हेर्नुहोस्…..

प्रतिकृया दिनुहोस्