Monday, August 15

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ

July 4, 2022 330

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ।सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टी’तेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो।

निगमद्वारा जारी विज्ञप्ति’अनुसार नयाँ मूल्यसँगै अब काठ’माडौं उपत्यका’मा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यास’को भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।यसअघि असार ११ गते मात्र आयल निगम’ले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घ’टाएको थियो।निगमका अनुसार भार’तीय आयल कर्पो’रेसनले पठाएको नयाँ मूल्यका आधा’रमा भाउ बढाउनु परेको हो।

आयल निगमले अन्तर्राष्ट्रिय बजार’बाट आफैं कच्चा तेल खरिद गर्दैन। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिम’का प्रशोधित पेट्रो’लियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइ’ओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइ’ओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजार बाट किन्ने कच्चा तेलको लागतमा आधा’रित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्च हरू जोडेर आइओसीले नेपाल’को निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकार’लाई तिर्नु’पर्ने भन्सार लगायत मह’सुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसन’समेत जोडेर उप’भोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यास`को मूल्य निर्धारण हुन्छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्