Monday, August 15

एउटा लामो स्टाटस लेख्दै बालेनमाथि खनिइन् करिश्मा ? (स्टाटस सहित)

July 5, 2022 665

हालै काठमाडौं महानगर’पालिकाले हैजा संक्रम’णबाट जोगिन’का लागि भन्दै एउटा निर्णय गरेको थियो।मयर बालेन शाहले सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्ने कार्य रोकिँदा हैजा केही हद’सम्म नियन्त्र’ण गर्न सकिने बताएका थिए।

त्यसक्रममा महानगर प्रह’रीले सडकमा मकै बेच्न बसेका दम्पती’लाई लछार’पछार गरे। त्यसयता सडकका पसले तथा स्ट्रिट फुड बेच्ने मानिसहरु डरा’एका छन ।

यस’क्रममा बालेन शाह’सँगै सिंगो महानगर आलोचित बनिरहेको छ। गरिबले गरेर खान नपाउने भन्दै प्रश्न गर्न थालिएको छ।स्ट्रिटफुड’बारे बहस पेचि’लो बन्दै जाँदा नेपालकी चर्चित अभि’नेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले पनि यो विषय’मा धारणा राखेकी छिन्।

उनले स्ट्रिट फुड र सडकमा सा’मान बेच्न चलन हरेक मुलुकमा हुने बताउँदै व्यवस्थापनतर्फ लाग्ने कि प्रतिबन्ध’तर्फ लाग्ने भन्दै प्रश्न गरेकी छन्।उनले व्यंग्य गर्दै पोले’को मकै र चटपटे तारे’होटलमा बेच्नु’पर्ने हो भन्दै प्रश्न पनि गरेकी छिन्।

यस्तो छ उनको भनाई:

म पनि काठमाडौ रैथाने बासी हु ।नबुझेको कुरा लेख्दै छु ! महानगर सफा हुनुपर्छ; सहि हो

हामीले आफ्ना करो’डौं पर्ने जग्गा/घर भत्काउन दिएर बाटो फरा’किलो बनाउन सहयोग गर्याैँ सहि हो।बाटो’मा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहर’मा गरिखान किन आउँछन् मानिसहरु? त्यसमा प्रश्न छ

गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन
। दैवी प्रकोपमा परेका’हरुकाे लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्याे समय’सम्म उनी’हरुका केटा’केटीले नपढ्ने

क्षणिक भाव’नामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उ’द्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्ने ।ऊ आफैँले हो ऊ आफैले गर्नुपर्ने अवस्था छ।तेसैले उसले काम गर्नुपर्छ।यदी ऊ यो देशको नागरिक हो भने, मत’दाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ

ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ।जे पनि भन्न मिल्छ।ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन।तपाईं’हरुलाई भोट दिएर ठाउँमा पठाए’को नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन !

हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो।यो काठमाडौको मात्रै समस्या होइन भविष्य’मा हरेक महानगरको सम’स्या हुनेछ।स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ।मानिसहरुले/पर्यटक’हरुले यस्को आनन्द उठाइ’रहेको देख्न सक्छौ

व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बि’रोध तर्फ लाग्ने ?कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ?त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खा’एर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला !

बाटोमै बेचेको कपडा’ले तन ढाक्ने जमात पनि त छन होला ।
जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् । हामी मध्ये 50% प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्था’मा छौँ होला !हरेक मानिस गुणस्त”रीय जिवनको खोजि’मा हुन्छ्न ।

सबै बिदेश गएर गल्फको गर्मी’मा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोरा’छोरीको मुहार’मा खुसी भएको सपना देख्न नपाउने’के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ?

हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मे’वारी हो। हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन । स्थानीय तह’सम्म पुगेको सरकार छ तर किन नाग’रिकको मनमा शहरको मोह छ

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँ’घरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ। गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीति’कर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !

आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती ग:र्यो ? उसको आत्म’सम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छठिक छ यसरी नै यो समस्या’को समाधा’न दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत ब’चाउन कट्टु फुकालेर मु’ख छोप्नु जस्तो देखियो ।

प्रतिकृया दिनुहोस्