Monday, August 15

अब शुन्य लागतमानै मलेसियामा राेजगारी : पहिलो चरणमा ४ सय ५० नेपाली जाँदै, यो मेनपावरबाट जान पाइने

July 6, 2022 234

मले’सियामा रहेको विश्वकै ठूलो आइटी कम्पनी’ले शून्य लागत’मा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली काम’दारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यान’पावर कम्पनी आकर्षण इन्टर’नेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा विस्टर्न टेक्नो’लोजीका तर्फबाट डेपुटी जनरल म्याने’जर डेभिड र आकर्षण इन्टरने’शनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लाल’धनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता’अनुसार यो कम्पनीमा दुई म्यान’पावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मले’सिया जान पाउने’छन् । मलेसियाको यो कम्पनी’ले पहिलो चरणमा ४ सय ५० श्रमिक लैजान लागेको छ ।

आकर्षण इन्टर’नेशनलबाट १ सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १ सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मले’सिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठ’माण्डाै आएको छ । आज र भोलि श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नो’लोजीका डेपुटी जनरल म्यानेजर डेभिड’ले बताउनु’भयो ।

“काम’दारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उहाँले भन्नुभयो, “नेपाली श्रमिक र मले’सियाका श्रमिकका बीचमा ज्याला तथा अव’सरमा कुनै विभेद हुनेछैन ।” यो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलि’पिन्सलगायत देशमा उद्योग रहेको छ । मले’सियामा मात्रै दुई उद्योग छन् ।

कम्पनी’मा विभिन्न देशमा गरी झण्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आराम’दायी बसो’बासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउनु’भयो । कम्पनीले नेपाली श्रमिक’लाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब दिनेछ । त्यसका अतिरिक्त भत्ता र बोनस’का साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्