Monday, August 15

भारतबाट घुम्न काठमाडौं आएका आयुषले गाडीबाट ओर्लिएको ५ मिनेटमै दुर्घ’टनामा ज्या’न गुमाए

July 7, 2022 516

भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्र’पात भएको छ।महाराष्ट्रको नागपुर, काम्पी’बाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठ’माडौंको बल्खु आइपुगेको थियो।

वीरगन्ज’बाट टाटा सुमो चढेर काठमाडौं आएका उनी’हरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दु’र्घटनामा परे।परिवारका दुई जना सदस्य ३२ वर्षीया योगिता बन्सुर र उनका पाँच वर्षीय छोरा आयुष’लाई बा१३च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।दुवैलाई नजिकै बयोधा अस्प’ताल लगियो। उप’चार क्रममा आयुषको मृ’त्यु भयो। योगिताको बायाँ खुट्टामा चो’ट लागेको छ। उनी आइ’सियूमा उपचा’ररत छिन्।

उनीहरू भारतको बोधगया’सहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्रबाट निस्केका थिए।हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरा’सहित सात जना बोधगया, बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले सेतोपाटीसँग भने, ‘हामी पहिलो’पटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’

महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइत’बार बिहानै वीरगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए।सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारि’दिएको थियो। काठमाडौं ओर्ले’पछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।

‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडी’बाट केही पाइला अगाडि बढ्ने’बित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमा’छोरा ल’डे। बाबु’लाई गाडीले माथिबाटै किच्यो।’ओरालो बाटोमा आइरहेको भ्यानले ब्रेक लगाउँदा लगाउँदै पनि निय’न्त्रण गर्न नसकेको उनले बताए।

आश्विनले रग’ताम्मे छोरा’लाई भुइँबाट उठाएर सोधखोज गर्दै बयोधा अस्पता’लको आकस्मिक कक्ष पुर्‍याए। उनको पछि पछि ज्वाइँ र भिनाजुले घा’इते योगितालाई पनि अस्पताल लगे।उप’चार क्रममा दिउँसै आयुषको मृ त्यु भएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जान’कारी दिए।’भ्यान चालक २२ वर्षीय सुवास खतिवडालाई पक्रा’उ गरिएको छ,’ उनले भने।

आश्विनका अनुसार उनका बुबा बुद्धभक्त थिए। बुबाको भक्ति देख्दै हुर्केकाले आफूमा पनि बुद्ध’प्रति आस्था जागेको उनी बताउँछन्।बुबाका कारण हाम्रो परिवारमा बुद्ध’प्रति आस्था थियो,’ उनले भने, ‘त्यसैले बोधगया’देखि बुद्धको जन्मस्थल लुम्बिनी’सम्म एकै’चोटि दर्शन गर्ने भनेर हामी हिँडेका थियौं।’

आइतबार र सोमबार काठ’माडौं घुमेर लुम्बिनी जाने योजनामा रहेका आश्विन र उनको परिवार सबै जना यति बेला बयोधा अस्प’तालमा छन्। उनीहरूका झोला र सुटकेस’समेत अस्प’तालको आक’स्मिक कक्षबाहिर छरपस्ट देखिन्छन्।सेतो’पाटीसँगको कुराकानी क्रममा आश्वि’नले केही अगाडि मात्र खिचेको आयुषको जन्म’दिनको तस्बिर देखाए। तस्बिरमा उनीहरूसँगै बसेर केक का’ट्दै गरेका देखिन्थे।

‘अस्ति भर्खर छोराको जन्मदिन मनाएका थियौं,’ उनले भने, ‘केक पनि का’टेका थियौं। आयुष एक’दमै रमाएको थियो। आज यस्तो भयो।’आश्विन र योगिताको बिहे गरेको १६ वर्ष भयो। उनी’हरूको एक छोरी छन् जो आयुषकी दिदी हुन्। आश्विनका अनुसार आयुष साइकल चलाउन धेरै मन पराउँथे। मोबाइलमा का’र्टुन पनि उत्तिकै हेर्थे।

‘मोबाइल एकदमै राम्ररी चलाउँथ्यो। एदेखि जेडसम्म सर्रर भन्थ्यो,’ उनले छोरा सम्झँदै भने, ‘उसलाई युकेजीमा भर्ना गरेर हामी नेपाल घुम्न आएका थियौं।’नेपालबाट फर्के’पछि छोरा’लाई स्कुल पठाउने आश्विन’को सपना सपनामै सीमित भएको छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्