आइतबार प्रहरीले रुपन्दे’हीको तिलोत्तमा नगर’पालिका वडा नं. २ स्थित जानकी’नगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ ।
घर भाडानै लिएर कार्यालय खोली सर्व’साधारणलाई म्यासेज पठाउने, अ’श्लिल सन्देश पठाउने गरेको खुले’पछि सञ्चालक’सहित डेढ सय कामदार युवा युवती’लाई प्रहरीले पक्राउ गरेको हो ।
अनु’सन्धानका क्रममा प्रहरीले एक भार’तीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ । कामदार नै खडा गरेर कल सेन्टरले विभि’न्न मानिसका मोबाइल ह्वाट्सप, फेस’बुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लि’ल सन्देश पठाउने र ठ’गी गर्ने गरेको प्रह’रीको प्रार’म्भिक अनुसन्धा’नका क्रममा खुलेको छ ।
त्यस्तै यता इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भाव’नाका बारेमा आवश्यक छलफल अघि बढा’इएको छ। भौतिक पूर्वाधार तथा याता’यात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छल’फल सुरु गरेको हो ।
मन्त्रा’लयका प्रवक्ता शिव’प्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन ।” याता’यातमन्त्री मोहम्मद इस्ति’याक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बना’एका थिए । कार्यदलको सुझावअ’नुसार सरकारले इम्बोस्ड नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि छल’फल थालेको हो।
प्रदेशको नाम मात्रै नेपाली भाषामा लेख्दा र पूरै नम्बर प्लेट नै नेपाली भाषा’मा लेख्दा थप आर्थिक भार पर्नसक्ने सम्भावनाका बारेमा पनि छलफल भएको छ। यस विषयमा मन्त्रालयले कम्पनी’सँग लिखित रूपमा जान’कारी मागेको छ । याे खबर आजको गोरखा’पत्र दैनिकमा छापिएकाे छ ।
प्रतिकृया दिनुहोस्