Wednesday, October 5

अलिकति खुशी दिएको पर’देशले आखिरीमा रुवाई छा’ड्यो !

August 13, 2022 2308

काठमाण्डौको शंखमूल ओरालो कटे’पछि आउँछ आयुष अस्प’ताल । अस्पतालको कोठा नम्बर तीन । बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनु’भएको छ काभ्रे रोशी गाउँ’पालिकाकी बसन्ती तामाङ । टेबुलमा औषधिहरु छरिएका छन् । फ्राइबिनमा झोलिलो खानेकुरा छ ।

राम’बहादुरको नाकमा लगाइएको मसिनो पाइप’बाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँ’लाई थेरापीको काम गरेको छ । आँखा खुल्ला छन् । कतिबेला निभाउनु’हुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनु’हुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हात’खुट्टा चल’मलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।

साउदी’अरबको गर्मी । घर फर्किने दिन नजिकिँदै गर्दा राम’बहादुरलाई लागेको थियो अब यो मरु’भूमिमा फर्केर आइन्छ आइन्न । जाने’बेला केही समय घुमौँ । सपिङ गरौँ । आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइ’सक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनु’पर्छ ।

श्रीमती, छोरा र घर’परिवारको साथमै बसेर सानो’तिनो व्यवसाय गर्नु’पर्छ । अघिल्लो राति श्रीमती बसन्ती’सँग फोनमा यस्तै कुरा गर्नु’भएको थियो रामबहादुरले । बसन्तीको खुसीको सीमा थिएन । तर श्रीमानको घर फर्किने कुरा सुन्दै निदाए’की बसन्ती बिहान उठ्न नपाउँदै भाइले सुनाएको खबरले छाँगा’बाट खसेझैँ हुनुभयो ।

गएको जनवरी १३ मा राम’बहादुर साउदीमा सडक दुर्घ’टना’मा पर्नु’भयो । नेपाल फर्किन एक हप्ता मात्रै बाँकी हुँदा साथीहरु’सँग घुम्न निस्किनु’भएको थियो । चार जना थिए कारमा । दुई जना पछाडि बसेका थिए । ड्राइ’भरको छेउमा राम’बहादुर हुनुहुन्थ्यो ।

अचा’नक कारलाई पछाडि’बाट आएको लरीले ठक्क’र दियो । कारमा सवार तीन जना साथीहरु’लाई खासै चो’ट लागेन तर कारको सीसा रामबहादुरको घाँ’टी र टाउकोमा गाडि’यो । उहाँ दु’र्घ’टना भएको एक मिनेटमै यो खबर बसन्तीको कानमा पर्यो ।

बसन्तीका अनुसार रामबहादुरले टिकटकमा लाइभ गरि’रहनुभएको थियो । दु’र्घ’टना भएको पनि लाइभमै देखियो । रामबहादुरको टिकटक लाइभमा जोडिएका बसन्तीका भाइले तुरुन्तै फोन गरेर बसन्तीलाई यो सबै कुरा सुनाएका थिए ।

श्रीमानले बोल्ने दिन कुर्दै बसन्ती

दु’र्घट’ना भएको साढे दुई महिनासम्म रामबहादुरको होस पनि आएन । साउदी जर्मन अस्पतालमा उ’पचार चलिरह्यो । तीन महिनासम्मको उप’चार खर्च उहाँ कार्यरत कम्पनीले नै बेहो’र्यो । तर पछि बिमाले बेहोर्ने खर्च यत्ति हो भन्दै कम्पनीले पनि वास्ता गर्न छाड्यो । त्यसपछि अस्प’तालले पनि सा’मान्य रेखदेख बाहेक उप’चार गर्न छाड्यो । नेपाल झिकाउन प्रक्रिया गर्दा’गर्दै तीन महिना बित्यो ।

बल्ल त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइयो । यसरी दु’र्घ’टना वा गम्भी’र प्रकृतिका बिमा’रीलाई ल्याउँदा यहाँ ल्याएर राख्ने अस्प’तालको स्वीकृतिपत्र पनि चाहिन्छ । त्यहीअनुरुप राम’बहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्प’तालमा राखियो ।

नर्भिकमा डेढ लाख रुपैयाँ जति खर्च भयो । नर्भिकले पनि गर्नुपर्ने सबै उप’चार भइसक्यो अब थेरापी गराउन लैजानु भनेपछि परिवारले रामबहादुरलाई आयुष अस्प’तालमा ल्याएको हो । रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ।

‘भर्खरै थेरापी सकेर डाक्टरहरु जानुभयो, अब दिउँसो फेरि थेरापी हुन्छ’, छेउको बेडमा चिन्ति’त अनुहार लगाएर बसि’रहनुभएका रामबहादुरका बुवा अमृत’सिंहले भन्नुभयो, ‘भन्न त डाक्टरहरुले चाँडै ठीक हुन्छ पनि भन्छ, समय लाग्न सक्छ पनि भन्छ । हेरौँ अब कहिले निको हुने हो ?’

रामबहादुर दु’र्घट’नामा परेको दिनदेखि परिवारको खुसी फर्केको छैन । त्यही हराएको खुसी फर्काउन परिवारले लाखौँ खर्च गरिसक्यो । महिनौँ भइसक्यो । तर कहिले नि’को हुन्छ केही थाहा छैन । रामबहादुरले कोठाभित्र कोही आएको चाल त पाउनुहुन्छ, तर प्रतिक्रिया जनाउन सक्नुहुन्न ।

पहिले देखेका मान्छेलाई चिन्नुहुन्छ, तर आफू बोल्न सक्नुहुन्न । कतिबेला हाइ काढ्दै खुट्टा चल’मलाउनुहुन्छ । नत्र एकोहोरो कतै टोलाइ रहनुहुन्छ । बेलाबेला बसन्ती राम’बहादुरको टाउको मुसार्नु’हुन्छ । रामबहादुरको निरिह अनुहार हेर्दै बसन्ती मनमनै भगवानको नाम जप्नुहुन्छ ।

‘मेरो बुडालाई सञ्चो होस् भनेर भगवानको नाम जपिराख्छु, एक दिन मेरो कुरा सुन्ला नि भगवानले’, सोझी बसन्ती सिधा कुरा गर्नुहुन्छ । तर रामबहादुरको कुरा खोतल्न लागे उहाँका आँखा’बाट बर्रर आँ’सु खस्छन् । अनि उहाँ अवाक् हुनुहुन्छ ।

चार भाइमध्ये माइलो रामबहादुर । उहाँ साउदीमा दु’र्घटनामा परेपछि दाइ र साइलो भाइ पनि रोजगारीको लागि उतै गए । त्यहाँ भाइको रेखदेख पनि होला र कमाइ पनि होला भनेर गएका दुवैजनाको काम गर्ने क्षेत्र निकै टाढा हुँदा चाहेर पनि भेट्न पाएनन् राम’बहादुरलाई ।

रामबहादुर पनि घरको आर्थिक स’मस्या पार लगाउँछु भन्दै ऋनदान गरेर पाँच वर्ष पहिले २०/२१ वर्षको कलिलो उमेरमै साउदी जानुभएको थियो । रेस्टुरेन्टमा वेटरको काम थियो । दुई वर्षको करा’रमा जानुभएको थियो उहाँ । करार सकिएर फर्किने समय भएको थियो ।

त्यहीबेला कोरोना म’हामारी सुरु भयो । राम’बहादुर नेपाल फर्किन पाउनुभएन । घर फर्किने तयारी भइ’रहँदा उतै रोकिनु’पर्यो । उता कम्पनीमा काम पनि चलिरह्यो । उहाँ काममै व्यस्त रहनु’भयो । योबीचमा उहाँले पुनः श्रम स्वीकृति पनि लिन पाउनु’भएन । करार अव’धि सकिएपछि पनि काममा राख्दा कम्पनीले नयाँ क’रार पनि गरेन । भिसाको अवधि पनि सकियो ।

तर कोरोनाकै बेला उहाँको पद बढेर फ्लोर म्यानेजर बन्नुभयो । कमाइ पनि राम्रै थियो । नेपाली एक लाख रुपैयाँ जति । यही कमाइको भरमा थियो उहाँको परिवार । रामबहादुरले कमाउन थाले’पछि घरमा खुसी छाएको थियो । घरपरिवारका आवश्यकता पूरा हुँदै थिए । बिहे भएको दुई वर्षमै श्रीमान् परदेश गए पनि अहिलेको बिछो’डले भविष्य सुखमय हुने आशा पाल्दै बस्नुभयो बसन्ती । छोरा’लाई हुर्काउनु’भयो । छोरालाई पढाउन भनेर भक्त’पुरमा बस्न थाल्नुभयो ।

त्यतिबेला उहाँलाई श्रीमान् परदेश गएर ठिकै भयो लाग्थ्यो । कमाउनुभएको थियो । घरपरिवारको खर्च धान्नुभएको थियो । पाँच वर्षसम्म साउदीमा बस्दा कुनै दुःख अप्ठेरो भएन । कोरोनाको बेला पनि केही समस्या भएन । काम पनि चलिरह्यो । कमाइ पनि भइरह्यो । सबै राम्रै चलिरहेको थियो । नेपाल फर्केर सानोतिनो व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो ।

केही समय टाढिनु परे पनि अब साथ’साथै बस्न पाइन्छ भनेर खुसी हुनुहुन्थ्यो । तर खुसीलाई अँगाल्न हप्तादिन मात्रै बाँकी छँदा दुःखको बादलले ढाक्यो बसन्ती’लाई । मनमा सजाएका सपनामा चट्याङ परेजस्तै भयो । राम’बहादुरका पनि अनेक रहर थिए । घर गएर छोरोलाई अँगालोमा कस्न मन थियो । केही थान लुगा, मिठाइ दिएर यही हो छोरा तेरो पर’देशी बुवाको कमाइ भन्न मन थियो ।

रामबहादुर घर त फर्किनुभयो तर कस्न सक्नुभएन छोरालाई न्यानो अँगालोमा । राम’बहादुरका रहर पनि त्यही दुर्घ’टनामा घा’इते भए । यस्तै कुरा सम्झेर भक्कानिनुहुन्छ, बसन्ती । ‘केही खुसी दिएको परदेशले आखिरीमा रु’वाइ छाड्यो !’, सुँक्क सुँक्क गर्दै बरबराउनु:हुन्छ, ‘बरु परदेशै नगएको भए यस्तो हुन्न थ्यो कि ?’

अहिले १० दिनकै फिजियो थेरा’पी गरेको ५० हजार रुपैयाँ खर्च लाग्छ । औषधि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचा’रमै सकिसक्यो । घरपरिवारले ऋण खोजेर अब माग्न जाने ठाउँ कतै छैन । साउदीमा रहेका नेपालीहरुले चन्दा उठाएर राम’बहादुर बचाउँ अभियान नै सञ्चालन गरेका थिए । त्यहीमार्फत प्राप्त भएको ६ लाख ९ हजार ३६४ रुपैयाँ रामबहादुरको परिवार’लाई हस्तान्तरण गरिएको छ । तर यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा उहाँको परिवारलाई खर्च जुटा’उन स’मस्या परेको छ ।

वैदेशिक रोज’गारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दुर्घटना वा गम्भीर बिरामी भएमा सात लाख रुपैयाँ’सम्म उप’चार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था छ । तर उहाँको करार तथा भिसाको म्याद सकिएका कारण सरकारले उप’चार खर्च तथा आर्थिक सहयोग गरेन ।

रामबहादुरले विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर उहाँ ग’म्भीर बिरा’मी हुँदा राज्यको सेवा पाउनुभएन । रामबहादुरका बुवा कागजात बोकेर सरकारले छोराको उ’पचार गरिदिने आशामा वैदेशिक रोजगा’र बोर्डमा धाउनुभयो । तर त्यहाँबाट पनि निराशा हात लाग्यो ।

‘सरकारले हेर्नु त पर्ने हो है, तर म्याद सक्यो भन्छ’, रामबहादुरका बुवा थकित स्वरमा भन्नुहुन्छ, ‘छोराले कमाउन सम्म त देशलाई रेमिट्यान्स पठाइ’रहेको थियो नि, बिरा’मी पर्दा किन हेर्दैन सरकार ?’कोरोना महा’मारीका कारण साउदीमै अल्झिनु परेका कारण भिसा अवधि सकिएको भन्दै अ’पराध गरेको जस्तो सरकारले वि’भेद गर्न नहुने उहाँको भनाइ छ ।  – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्