काठमाडौँ । एक घा’इते युवतीको उ’द्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गु’माउनु परेको छ । रुखबाट घा’इते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उ’द्धार हुननसक्दा नि’धन भएको हो ।आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घ’टनाको बारेमा जानकारी गरेका छन् ।
दु’र्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उ’द्धार हुन नसकेको र अन्ततः ज्यानै गु’माउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बि’रामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’
उनले समाजिक सञ्जालमा लेखेका छन्, -उनी मेरी फुपुकी छोरी बहिनी,गत फागुन ४ गते रुखबाट ल’डेर ग’म्भीर घा’इते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उ’द्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सि’फारिस गरे ।
एम्बुलेन्सबाट उ’द्धार गर्दा बाटोमै मृ’त्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उ’द्धारको प्रयास गरे ।
प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उ’द्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बि’रामी रुखबाट ल’डेको करिव ९ घण्टा बि’तिसकेको थियो ।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’हेलिकप्टरबाट छोरीको उ’द्धार गरि छोरीलाई निको बनाउने अ’भिलाशा राखेका घा’इतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले नि’राश भए र रुख बाट ल’डेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद नि’धन भयो ।
बि’डम्बना !सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक ब’चाउन सकेन । राज्यका अ’ङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्या’रालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र नि’र्देसित मात्र देखियो, यसलाइ उ’त्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।हार्दिक श्र’द्धाञ्जली बहिनी ।तिम्रो आ’त्माले शान्ति पाओस् । -रातोपाटीबाट
प्रतिकृया दिनुहोस्