भारतले लिपुलेक-कालापानी क्षेत्रमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन्। शनिबार उनी’हरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका हुन्।
‘सरकार… सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ भन्ने नारा लेखिएका कालो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए।‘नेपाल सरकार सीमा जोड, भारत सर’कार सीमा छोड’ भन्ने कालोपट्टि बाँधेका थिए। प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली’को राजीनामा माग्दै नारा लगाएका थिए।
लकडाउन र सरकारको वि’रोध गरेका उनीहरुलाई प्रहरीले केही बेरमै पक्राउ गरेको थियो।भार’तले शुक्रबार मात्रै नेपा’ली पक्षसँग सल्लाह नै नगरी भारतले नेपाली भूमि लिपु’लेक हुँदै चीनको तिब्बतमा रहेको धार्मि’कस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ।
नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदे’सिय विन्दु बनाउन सक्ने’सम्मको लचकता देखाउँदा’समेत भारतले एक’तर्फी रूप’मा यस्तो सडक निर्माण गरेको हो।
उक्त सडक भारत’बाट मानसरोवर जाने सबैभन्दा छोटो बाटो’को रूपमा हेर्न सकिन्छ। यो सडक भारत’को राज’धानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्