Friday, August 6

यी हुन् : कपाल झर्नुको ८ कारण र झर्नबाट रोक्ने ५ घरेलु उपाय.. पढ्नुहोस्

May 10, 2020 1665

आजकाल पुरुषमा कपाल झर्ने सम’स्या निकै देखिने गरेको छ। यसको प्रमुख कारण हो एस्ट्रोजेनेटिक एलोपिका। पुरुषमा हुने यो डी टी एच हर्मोनमा असन्तुल’न हुँदा शिरको एक हिस्साबाट तीव्र कपाल झर्ने गर्छ। एक अ’नुसन्धान अनुसार ३० प्रतिशत पुरुष ३० वर्ष नपुग्दै यो समस्या’मा अल्झिसकेका हुन्छन्।

एस्ट्रोजेनेटिक एलोपिका पुरुषमा हेयरफलको एक मात्र कारण होइन। यी विभिन्न कार’णले कपाल झर्ने गर्छ, पढ्नुस् घरेलु स’माधान के के हुन्छन्?

वंशाणुगत गुण को कारण
यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने सोको कार’ण पनि तपाइको कपाल झर्न सक्दछ।

अस्वस्थकर खाना
डाइटमा सही मात्रामा पोष’ण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ। जसको कारण कपाल झर्ने सम’स्या निम्तिन्छ।

धुम्र’पानको असर
चुरो’टमा हुने निकोटि’नको कारण रगतका नशा साँघुरिन थाल्दछन्। जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि अ’सर पुर्याउँछ।

रक्सी’ सेवन’को कारण
बढी रक्सी पिउँदा शरिरमा टक्सि’क पदार्थ बढ्न थाल्छ। आइरन, जिङ्क, पानीमा कमी हुन्छ। फलत: कपाल झर्छ।

चिन्ता’को कारण
कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता’। चिन्ता’ले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरिर’को शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ।

छालाको इन्फेक्स’नको कारण
टाउकोको छालामा समस्या छ भने पनि क’पाल झर्न सक्छ। चाँया निकै छ भने कपाल झर्ने स’मस्या निम्तिन सक्छ।

औषधीको साइड’इफेक्ट बाट
ब्लड प्रेशर, डिप्रेसन, मुटु रोग आदीको निदानको लागि प्रयोग गरिने औषधीको साइडइ’फेक्टको कारण पनि कपाल झर्ने गर्छ।

समाधानको उपाय यस्ता छन् :

प्याज र कागतीको प्रयोग
शिरमा जहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस्। रस लगाए’को आधा घण्टा पनि टाउको पखाल्नुस्।

हरियो धनियाँको प्रयोग
कपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुस्। यसले कपाल बाक्लो आउँछ अनि चम’क पनि बढ्छ।

निम र अमलाको प्रयोग
निमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुस्। हप्तामा कम्तिमा २ पटक यसो गर्नुस्।

केराको प्रयोग
केराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पनि कपाल धुनुस्।

बदाम र नरिवल तेलको प्रयो’ग
कपालमा बदाम र नरिवल तेलको प्रयोग गर्नुस्। मसाज गर्नुस्, आधी घण्टा पछि पखाल्नुस्।

कपाल पखाल्दा स्याम्पु सधै एकै खाले मात्र प्रयोग गर्नुस्। सामान्य बजारमा पाइने स्याम्पु भन्दा आयुर्वेदिक औषधी पस’लमा किन्न पाइने स्याम्पुको प्रयोग बढी प्रभाव’कारी हुन्छ। (विभिन्न स्वास्थ्य सम्बन्धी वेबसाइट बाट)

प्रतिकृया दिनुहोस्