विश्वको सर्वोच्च शिखर सगरमा’थाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेको छ । उसले सगरमाथाको तस्बिरहरु राखेर सग’रमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा ‘रहेको भन्दै प्रचारप्रसार गरेको हो ।
२ मे मा चीनको राष्ट्रिय टे’लिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखि’एको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ ।
जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिका’रिक टेलिभिजन हो ।
यो विश्व परिवेशमा चीनको आधिकारिक धार’णा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।सगरमाथाको चुचुरो नेपालमा पर्छ र यस’लाई विश्वले पनि स्वीकार्दै आएको छ ।
तर, चीनले पछिल्लो समय विश्व’को सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमा’थाको उचाई आफ्नो तर्फ’बाट नाप्न थालेको छ ।चिनियाँ पक्षले सगरमाथालाई साझा देखाउने र यसको चु’चुरोमा आफ्नो पनि अधि’कार रहेको प्रमाणित गर्ने क्रिया:कलाप गरिरहेको छ । रिपोर्टस नेपाल बाट
प्रतिकृया दिनुहोस्