आजमात्र नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । विहान र दिउँसो गरी ११ जनामा संक्रम’ण फेला परे’को अवस्थामा साँझ पुनः १३ जनामा संक्रमण फेला परेको छ ।
यसप्रकार आज एकै दिन नेपाल’मा २४ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक कपिलवस्तुमा ६ जनामा , रुपन्देहीमा ६ जनामा र बर्दियामा १ जनामा को’रोना भाइर’स पोजिटि’भ देखिएको हो ।
मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा संक्रमण र बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिका भएको मन्त्रालयले जनाएको छ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।
योसंगै नेपालमा कोरोना संक्रमि’तको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्ष’णमा कोरोना संक्रम’ण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्