Monday, January 30

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन ओली तयार, प्रचण्डलाई कुनै हालतमा प्रम बन्न नदिने

November 28, 2022 384

रास्वपाका अध्यक्ष रवि लामिछाने’लाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले पहल शुरु गरेका छन् । प्रचण्ड’लाई कुनै हालतमा प्रधान’मन्त्रीमा रोक्न ओलीले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई समेट्न थालेका छ्न ।

ओलीले आफू प्रधान’मन्त्री हुन नपाउने भएपछि यो रण’नीतिमा पुगेका हुन् । प्रचण्ड’लाई कुनै हालतमा प्रधान’मन्त्री हुन नदिने बरु रविलाइ अघि सारेर जाने तयारीमा ओली छन् ।

(आज बिहान मैले लोसपाका एक नेतासंग अन्तर्वार्ता लिनको लागि फोन गर्दा उनले दिएको जानकारीको आधारमा ) स्मरणहोस, सत्ता गठबन्धन भित्र देउवाले प्रचण्ड’लाई प्रधान’मन्त्री बनाउने र आफू राष्ट्र’पति बन्ने तयारी शुरु गरेका छन् ।

देउवा अहिले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहनन् । साढे दुई बर्षपछि रामचन्द्रलाई प्रधानमन्त्री दिन प्रचण्ड तयार छन् । अब रोचक खेल के हुनेछ भने ओलीको ग्राण्डडिजाइन कति सफल हुन्छ ? त्यो केहि दिनभित्र देखिनेछ ।

त्यसैगरी, निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरू गरेका छन । प्रधानमन्त्री निवास वालुवा’टारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाज:वादीका अध्यक्ष माधव’कुमार नेपाल पनि सहभागी भएका छन् ।

सत्तारुढ गठ’बन्धन आवद्ध दलहरू नयाँ सर’कार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रति’निधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्था:मा कसरी अघि बढने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाज’वादी अध्यक्ष नेपालबी भेटवार्ता भएको हो ।

समानुपातिक:तर्फको निर्वाचनको परिणाम’पछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्याेल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दल’सँग सहकार्य गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्